Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा


काठमाडौँ । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।

अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शन भइरहेका छन् ।

फूलमान वलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशक वलले बताए । उनका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ ।

“भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटेर चलचित्र तयार गरेको छु । यो हाम्रो कथा र व्यथा बोकेको मौलिक स्वादको चलचित्र हो”, निर्देशक वलले भने ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । निर्देशक वल र सचिन घिमिरेको पटकथा लेखन रहेको चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

आज प्रदर्शन भएको अर्को चलचित्र हो, ‘वेलकम टु हेम्जाकोट’ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारले अभिनय गरेका छन् ।

समसामयिक कथामा हास्य नाटक (कमेडी) शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रमा वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढावलगायत विषयवस्तु समेटिएको अभिनेता विनोद न्यौपानेले बताए । “फरक प्रस्तुतीकरणमा सामाजिक कथालाई लिएर आएका छौँ । यो हाम्रै समाजको कथा हो”, उनले भने ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन, दीर्घ गुरुङको छायाङ्कन रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

काठमाडौँ। संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा

अनमोल केसीलाई अदालतमा उपस्थित गराइँदै

काठमाडौँ। पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदैछ। फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका उनलाई

‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री

काठमाडौँ। हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ। चलचित्रका निर्माता जीतेन्द्र

अभिनेता अनमोल केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा समस्यादेखिएपछि अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता केसी गएराति

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको छ । केसीलाई आपराधिक

अनमोल केसी पक्राउ

काठमाडौँ। अभिनेता अनमोल केसी पक्राउ परेका छन्। ठगी गरेको आरोपमा केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरिएको स्रोतको भनाई छ। केसी

Techie IT