Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘ज्वाइँ साब’मा कलाकार इशान राउत

चलचित्र ‘ज्वाइँ साब’मा कलाकार इशान राउत


काठमाडौँ । चलचित्र ‘ज्वाइँ साब’मा कलाकार इशान राउत प्रवेश गरेका छन् । हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रूपमा ‘जिरे’ भएर अभिनय गरेका उनी ‘ज्वाइँ साब’मा अनुबन्ध भएका हुन् ।

चलचित्रको शीर्ष भूमिकामा जितु नेपाल छन् । जितुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए ।

वसन्त निरौलाको निर्देशनमा ‘ज्वाइँ साब’को अहिले मकवानपुरको चित्लाङमा छायांकन भइरहेको छ । २० दिन चित्लाङ छायांकन गरेपछि निर्माणपक्ष बाँकी सुटिङका लागि सौराहा र इलाम पुग्नेछ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

चलचित्रमा जितुको अपोजिटमा नीति शाहले अभिनय गरिरहेकी छिन् । चलचित्रमा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायत कलाकारको अभिनय छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘पुजार सार्की’ हेर्दा डा. बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई…

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन

चलचित्र ‘बाटोः रोड टु डेथ’को प्रिमियर

काठमाडौँ । शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ ।

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र…

काठमाडौँ । यही ७ असारबाट ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ मा नेपाल सहित १०

विश्व कीर्तिमानी डा. डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान

काठमाडौँ । विश्व कीर्तिमानी डा. डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा

‘जेरी अन टप’ को तयारीमा अनमोल केसी

काठमाडौँ । फिल्म ‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् ।

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी चलचित्रको सूची सार्वजनिक

काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार

Techie IT