Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै


काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ । नाटकले केहि जटिल प्रश्नहरू उठाएको छ । बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ । राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकलाई कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका हुन् । प्रकृतिको विनास गरि विकासको बाटो खुलाउने आधुनिक मानवहरु शहरमा बसेर शान्ति र आनन्द खोज्दै शहरदेखि टाढा वनवोज खान जाने तथा प्रकृतिमा रमाउन चाहने मानव प्रवृतिप्रति लेखक रुष्ट देखिन्छन् । उनी भन्छन् कंक्रिटको जंगलमा रुमल्लिएका म जस्ता करोडौँ मानिसहरू केहि दिनलाई नै सहि शान्ति खोज्दै प्रकृतिको काखमा पुग्ने चाह राख्दछन् । धरालाई निर्मम हातहरू नै माटोलाई सुम्सुम्याउन, रुखलाई अंगालो हाल्न चाहन्छन् । वर्षा, खोला या झरनाको संगीत रुचाउने कानहरूले ठुला ठुला स्पिकरमा कराउन कहिल्यै छोडेनन् । माटोको अथवा प्रकृतिको सुगन्ध मनपराउने नाकहरूलाई अव्यवस्थित ढंगले ढल बगाउन र कुहिएको दिनचर्या धरतीलाई सुम्पिन लाज लागेन । यस्ता विभिन्न कुराले मलाई भित्रभित्रै सताइरहेको थियो । छट्पटि नै भएको थियो । उनले त्यही छट्पटि नाटक पूर्णविराममा पोखेको बताउँछन् । उनी केहि समयअघि सर्वनाम नाटकघरमै रंगप्रशिक्षण लिएर रंगमञ्चमा प्रवेश गरेका हुन् ।

नाटकको परिकल्पना तथा निर्देशन आरुष मगरले गरेका छन् । नाटकको विषयवस्तुले आफुलाई तानेको उनी बताउँछन् । मानिस आफैँमा प्रकृतिको एउटा अंश हो भन्ने कुरा सायद हामीले बिर्सिरहेका छौँ । निरन्तर प्रकृतिको दोहन गरेर फुस्रो रजगजमा रमाइरहेका छौँ । जसको असर वर्तमान समयमा हामीले देख्दै र भोग्दै आईरहेका छौँ । जानेर या नजानेर भावि पिढिलाई जिउन समेत मुस्किल हुने वातावरण सिर्जना गरिरहेका छौँ । यसप्रति हामी सबै समयमै सचेत र सजग हुनुपर्छ भन्ने कुराले मलाई उत्साहित बनायो र नाटक निर्देशनको जिम्मेवारी लिएको उनी बताउँछन् ।

नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ । नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाएका हुन् ।

नाटकलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहयोगसमेत रहेको छ । असार २९ गतेसम्म मञ्चन हुने नाटक ‘पूर्णविराम’ बिहीबार बाहेक हरेक दिन साँझ ५:१५ बजे र अतिरिक्त प्रदर्शन शनिबार १ बजेपनि रहनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT