Techie IT
२०८१ पुस २८, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनक्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल सम्पन्न

क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल सम्पन्न


काठमाडौंँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कृट अभिनेता/अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’मा प्रदीप ‘प्रेम गीत ३’बाट उत्कृष्ट अभिनेता चुनिदा मिरुनाले ‘जारी’ फिल्मबाट उत्कृष्ट अभिनेत्री ठहरिएकी हुन् ।

नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा सिटी सिनेमा कोशी प्रदेश विराटनगरमा बुधबार साँझ सम्पन्न फेष्टिवलमा बेष्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गिय चेतन गुरुङ, बेष्ट माउन्टने फिल्म ‘प्रेम गीत ३’, बेष्ट टुरिजम फिल्म ‘मन्त्र’, बेष्ट जुरी अवार्ड ‘बिच्छेद’, बेष्ट कल्चर फिल्म ‘जारी’, सर्बाेत्कृष्ट अन्तराष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लष्ट र फाउन्ड’, बेष्ट फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले हात पार्यो ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोशी प्रदेशको अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गरे ।

बन तथा बाताबरण मन्त्री नारायण मगरले उद्घाटन गरेको दुई दिन आयोजित फेष्टिवलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, वंगलादेश गरि ५ देशबाट जम्मा ४३ चलचित्र प्राप्त थिए । फिचर, डकुमेन्ट्री, सर्ट मुभी गरी ५ देशका २४ चलचित्र महोत्सवमा सहभागी थिए ।

पर्यटन, कल्चर, माउण्टेन र पर्यावरणसँग सम्वन्धित वा ति विषयवस्तु समेटिएका चलचित्रहरु मात्र फेस्टिवलमा सहभागी गराइएको फेष्टिभवलका चियरमेन तथा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए ।

चलचित्र विकास वोर्डको सहकार्यमा किङडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएको फेष्टिवलेले नेपाली कलासंकृति तथा पर्यनटका विकास बिस्तारमा टेवा पुग्ने फेष्टिवलका निर्देशक अरुणकुमार प्रधानले बताए ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाल अध्यक्ष दयाराम पाण्डे, निर्देशक तथा इनास नेपाल च्याप्टरका उपाध्यक्ष ऋषि लामिछाने, निर्देशक समाजका कोशाध्यक्ष समुन्द्र भट्ट, निर्देशक कमल एक्चै मगर, निर्देशक समाजका सदस्य सत्यराज चौलागाईं, पर्शुराम चौधरी, फिल्म निर्माता चिरञ्जिवी बस्नेत, केशव रायमाझी, चलचित्र विकास वोर्ड आदिवासी, जनजाति, मातृभाषा प्रवद्र्धन समिति–संयोजक ज्योतिराज राइ, गायक श्रीकृष्ण लुइटेल, रविन श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रममा ‘चलचित्र सम्मान २०२४’बाट फिल्म निर्माता निर्देशक सन्तोष सेन, ओएसार डिजिटलका संचालक ओम अग्रवाल सम्मानित भए ।

कार्यक्रममा अभिनेता सुवास मेचे, निर्देशक इन्द्र परियार, अभिनेत्री निलम खवास, अभिनेता राजेन्द्र भगत, सारदा शाक्य अभिनेत्री, अभिनेता सानुबाबा सुब्बा, एक्सन निर्देशक हेमनारायण राजबंशी, निर्देशक दीपनरायण रजबंशी, अभिनेत्री रेनु चौधरीले प्रदेश कलाकार सम्मान प्राप्त गरे ।

कार्यक्रममा अनुज सापकोटा, वीरेन्द्रकुमार शाह, सुमन भट्टराईले कदरपत्र प्राप्त गरेका थिए । फेष्टिवलले आगामी बर्षमा पनि निरन्तरता पाउने आयोजकले कार्यक्रममा जानकारी दिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

Techie IT