Techie IT
२०८१ असार २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनवेब सिरिज ‘घर बट इन अमेरिका’बाट १० वर्षपछि अरुणिमा लम्सालको कमब्याक

वेब सिरिज ‘घर बट इन अमेरिका’बाट १० वर्षपछि अरुणिमा लम्सालको कमब्याक


काठमाडौँ। नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्। यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ। सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन्।

यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन्। यसमा बिमलेश आफैले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन्। एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेका छन्। सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले चलचित्र ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए। उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ चलचित्रमा अभिनय गरेका थिए भने म्युजिक भिडियोमा अभिनय र निर्देशन भने गरिरहेका थिए।

सिचुएशनल कमेडी-ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए। विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ।

पछिल्लो समय अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ। यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन्।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो। यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप रहेको छ।
हाल पहिलो सिजन छायांकन भइरहेको यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन। निर्देशक अधिकारीले पहिलो सिजन छायांकन पश्चात् मात्र यसबारे जानकारी दिने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘मोदीबेनी’द्वारा ‘मन्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

काठमाडौँ । श्रावण १८ रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको

चलचित्र ‘गुन्यो चोलो उर्फ गुलाबी’ मा नाजिरको फरक अवतार

काठमाडौँ । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन

प्रदीपको सिनेमा ‘एक्लो’ मा दिनेश डीसी र सुरज सिंह ठकुरी…

काठमाडौँ । प्रदीप शाहीले निर्देशन गर्न लागेको सिनेमा ‘एक्लो’ मा संचारकर्मी तथा अभिनेता द्वय दिनेश डीसी र सुरज सिंह ठकुरी

चलचित्र ‘युक्पुङ’ २८ जुलाईमा हङकङमा प्रदर्शन हुने

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ अब हङकङमा प्रदर्शन हुने भएको छ । यही २८ जुलाईमा हङकङस्थित

घरज्वाइँको दोस्रो गीत सार्वजनिक

काठमाडौँ । २८ असारमा रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । शनिवार युट्युबमा सार्वजनिक भएको

चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा

काठमाडौँ । पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको

Techie IT