Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनमीनबहादुर भामकाे ‘शाम्बाला’को नेपालमा प्रदर्शन भदौ २८ मा

मीनबहादुर भामकाे ‘शाम्बाला’को नेपालमा प्रदर्शन भदौ २८ मा


काठमाडौँ । कालो पोथी निर्देशित मीनबहादुर भामको नयाँ फिल्म ‘शाम्बाला’को नेपाल प्रदर्शन मिति तोकिएको छ । निर्माण टिमले पत्रकार सम्मेलन गर्दै यो फिल्म आगामी भदौ २८ गते अर्थात् सेप्टेम्बर १३ मा रिलिज हुने जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिसकेको यो फिल्म नेपालका हलमा प्रदर्शन गर्न लागेकामा निर्देशक भामले खुसी व्यक्त गरे । ‘मेरो पहिलो फिल्म कालो पोथी केही हलमा मात्र रिलिज भएको थियो। यो भने नेपालभरिनै रिलिज हुँदैछ । दर्शकहरूको प्रतिक्रिया सुन्न उत्साहित छु,’ उनले भने, ‘कालोपोथी रिलिज हुँदा विदेशमा देखाएर सकेपछि मात्रै नेपालमा रिलिज गरेको भन्ने गुनासो आएको थियो । त्यही गुनासोलाई मध्यनजर गर्दै हामीले यसपटक छिटो नेपालमा रिलिज गर्ने निर्णय गरेका हौं । नेपाल प्रदर्शनपछि यो फिल्म विदेशका थुप्रै देशमा रिलिज हुनेछ ।’

यसअघि विश्वप्रसिद्ध चलचित्र महोत्सव बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म अगस्ट पहिलो साता स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ हुँदैछ ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो । एड्भेन्चर र म्याजिक रियालिजम् जनराको यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभरि प्रदर्शन गर्न लागेको हो ।

यो फिल्म बनाउन झण्डै १५ करोड खर्च भएको निर्देशक भामको भनाइ छ । यसअनुसार ‘शाम्बाला’ हालसम्मकै नेपालको महँगो फिल्म चलचित्र बनेको छ ।

‘हामीले यस फिल्म निर्माणका लागि बजेट १४ करोड २१ लाख उल्लेख गरेका छौं । तर, सबै हिसाब गर्दा १५ करोड खर्च भएको छ । जसअनुसार नेपालकै महँगो फिल्म भन्न मिल्छ,’ मीनले भने ।

यस फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बेल्जियमको वितरण कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । फिल्म निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले सहकार्य गरेका छन् ।

यस फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वभरका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फन्ड जितेको छ । फिल्मलाई नेटफ्लिक्समा रिलिज लागि विदेशी निर्माता लागिपरेको समेत भामले सुनाए ।

भामको दोस्रो निर्देशकिय फिल्म ‘शाम्बाला’मा थिन्ले ल्हामो र सोनम तोप्देन मुख्य भूमिकामा छन् । यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गर्छ । फिल्मको कथा भामसहित अविनाश विक्रम शाहीले लेखेका हुन् ।

नेपाली र तिब्बती भाषामा रिलिज हुने फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिने छ। सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT