Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘कार्साङ’को छायांकन सकियाे

फिल्म ‘कार्साङ’को छायांकन सकियाे


काठमाडौँ । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो ।

फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’

कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो ।

फिल्मका मुख्य कलाकारहरु केही दिन अधि फिल्मको छायांकन सेटबाट क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो, जसमा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङ्लेखु देखिएका थिए । उक्त तस्वीरमा उनीहरुलाई रैथाने चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ ।

दयाहाङ र सिर्जनाले फिल्ममा उनीहरू जोडीको भूमिका निर्वाह गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेकी सिर्जनाको यो डेब्यु फिल्म हो ।

सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ। यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो ।

यस फिल्ममा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दैछन्।

यस फिल्मको निर्माता पुरूषोत्तम प्रधान हुन्। फिल्ममा उनकै डिओपी रहेको छ। फिल्मका प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् ।

‘कार्साङ’ प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT