Techie IT
२०८३ असोज १७, शनिबार
NepaliPatra logo
गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ अरुणिमा र बिमलेशको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक

अरुणिमा र बिमलेशको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक


काठमाडौं। अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को पहिलो सिजनको टिजर सार्वजनिक गरिएको छ। टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ।

सिरिजको निर्देशन बिमलेश अधिकारीले गरेका हुन् भने पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन्। निर्देशक अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका हुन्। सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भएको यस सिरिजमार्फत चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन्। सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापाको प्रमुख भूमिका रहेको छ।

‘घर बट इन अमेरिका’ को सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा भएको हो। सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ।सिरिजमा सहायक निर्देशन विवेक रसाइली, मेकअप अप्सरा कटुवाल, छायाङ्कन पशुपति बस्याल, सम्पादन मित्र डी. गुरुङ, कलर ग्रेडिङ मिलन बिक्रम शाह, र साउन्ड मिक्सिङ अमित श्रेष्ठको रहेको छ। सिरिजका गीतहरूमा अर्जुन कटुवालको सङ्गीत, निशान भट्टराईको स्वर, र डिपी खनालको शब्द रचना छ। कार्यकारी निर्माता रोशन घिमिरे हुन्।

सिरिजको पहिलो सिजनको केही भागको छायाङ्कन सकेर टिजर सार्वजनिक गरिएको हो, तर टिजरमा स्ट्रिमिङ सुरु हुने मिति वा प्लेटफर्मको जानकारी दिइएको छैन। निर्देशक बिमलेश अधिकारीले छिट्टै स्ट्रिमिङ प्लेटफर्म टुङ्गो लगाइने जानकारी दिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT