Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’


काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्‍यो । जसले नेपाली चलचित्रका लागि विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्‍यो । नेपालको गामीण परिवेश र सामाजिक विषयवस्तुलाई उजागर गरी सामाजिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको चलचित्रकर्मीहरू बताउँछन् ।

यसले सुस्ताएको नेपाली चलचित्र क्षेत्रलाई उत्साहित मात्रै बनाएन, नेपाली दर्शकलाई हलसम्म ल्याउने वातावरण पनि बनायो । यसर्थमा पनि नेपाली चलचित्रका लागि २०८१ साल अविष्मरणीय बन्न पुगेको छ किनकि यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सर्वकालीन सफल चलचित्र बनेको छ ।

यसका साथै चलचित्र ‘डिग्री माइला’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘होस्टेल ३’ र ‘अञ्जिला’ ले राम्रो व्यापार गरेका छन् । प्रदर्शन हुन बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ ले पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रका लागि यो वर्षको शुरुआत राम्रो भए झैँ अन्त्य पनि सुखद हुने विश्वास व्यक्त गरे । उनले भने, “यो वर्ष भिन्न भिन्न विषयका चलचित्र प्रदर्शन भए, वर्षको शुरुआत निकै राम्रो रह्यो । इतिहास रच्ने चलचित्रदेखि नयाँ अनुहारलाई पनि दर्शकले विश्वास गरेको पाइयो । यस वर्षको अन्त्य पनि सुखद हुने विश्वास लिएको छु ।”

यो वर्ष विशेषगरी नाम चलेका कलाकारभन्दा पनि विषयवस्तुमा आधारित चलचित्रमा दर्शक आकर्षित भएका छन् । चलचित्रमा विषयवस्तु वा कथा आकर्षणको केन्द्र हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताए । “चलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो किनकि कलाकारमा केन्द्रीत हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुनसक्छ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भने ।

उनले निर्देशन गरेको प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ मा दर्शकको आकर्षण राम्रो छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्रले प्रदर्शनको २० दिनमा देशव्यापी ६ करोड ४५ लाखको व्यापार (ग्रस) गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको बक्सअफिसमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT