Techie IT
२०८२ भदौ १५, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा

चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा


काठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् ।

यी चलचित्रहरूले नेपाली समाजका सामाजिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्ने अपेक्षा गरिएको छ ।

‘जार’ चलचित्रले जार सम्बन्धको कारणले समाजमा उत्पन्न हुने पारिवारिक, सामाजिक र व्यक्तिगत द्वन्द्वहरूलाई कथाको केन्द्रमा राखेको छ ।

फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको यस चलचित्रमा चलचित्रमा सौगात मल्ल, गीताञ्जली थापा अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ ।

यो चलचित्रले समाजमा विद्यमान परम्परागत संरचना र मान्यताहरूलाई पुनर्विचार गर्न दर्शकहरूलाई प्रेरित गर्ने उद्देश्य राखेको छ ।

मुख्य पात्रहरूको सम्बन्धमार्फत समाजमा यस्ता सम्बन्धहरूले पार्ने प्रभाव र त्यसबाट उत्पन्न हुने परिणामहरूलाई रूपमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी, ‘ऊनको स्वीटर’ एक भावनात्मक पारिवारिक प्रेमकथा हो, जसले प्रेम, विश्वास र समर्पणको अनुभूति दिलाउने प्रयास गरेको छ ।

चलचित्र नवीन चौहानकाे निर्देशन,चिन्तन राजभण्डारीको छायाङ्कन र कृष्ण भण्डारीकाे सम्पादनमा बनेकाे छ ।

त्यस्तै सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको चलचित्रमा विपिन कार्की, मिरूना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईको मुख्य अभिनय रहेको छ ।

कथाले जीवनका विभिन्न मोडहरूमा दुई पात्रबीचको सम्बन्ध कसरी अगाडि बढ्छ, र त्यो सम्बन्धले पारिवारिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने पक्षलाई उजागर गर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT