Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविवादपछि फिल्म ‘आदिपुरुष’का निर्देशक राउत र मनोज मुन्तासिरबीच झगडा !

विवादपछि फिल्म ‘आदिपुरुष’का निर्देशक राउत र मनोज मुन्तासिरबीच झगडा !


एजेन्सी । प्रभास, सैफ अली खान र कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट हलमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन बक्स अफिसमा सय करोडको आँकडा पार गरेपनि फिल्मको संवाद र दृश्यलाई लिएर सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । फिल्मलाई दर्शकले नकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यी सबैको बीचमा मनोज मुन्ताशिरको बयान लगातार बाहिर आइरहेको छ, जसलाई देखेर उनी र निर्देशक ओम राउतबीचको झगडा बाहिर आएको छ ।

मनोज मुन्तासिर ‘आदिपुरुष’का नराम्रो संवादका कारण लगातार चर्चामा छन् ।

उनले यसबारे मिडियामा स्पष्टीकरण पनि दिइरहेका छन् ।

निर्देशक ओम राउतलाई मनोज मुन्तासिरको अन्तर्वार्तामा नराम्रो संवादको आरोप लगाइएको छ ।

निर्देशक ओम राउतले लेख्न भनेजस्तै संवाद लेखेको उनी बताउँछन् ।

त्यसैले सबै प्रश्नहरू उनलाई सोध्नु पर्ने मनोजको माग रहेको छ । उनले फिल्मको कुनै पनि कुराको लागि आफु उत्तरदायी नभएको बताएका छन् ।

एक मिडिया हाउससँगको अन्तर्वार्ताका क्रममा मुन्ताशिरलाई भगवान लक्ष्मणले विभिषणकी पत्नीबाट संजीवनी बुटीको बारेमा जानकारी लिने दृश्यलाई समावेश गर्ने विचार कसरी आयो भन्ने प्रश्न गर्दा लेखकले चरित्र र इतिहास समावेश भएको बताए ।

निर्देशक ओम राउतलाई सबै प्रश्न सोध्नु पर्ने उनले बताए।

उनले थपे, ‘कथा र संवादबीचको सम्बन्ध यही हो…संवादहरू कथाका लागि लेखिन्छन् र कथाविना संवादले कुनै काम गर्दैन।’

मनोज मुन्तासिरले भने, ‘यो टिमवर्क हो र मैले ओम राउतलाई पूर्ण विश्वास गरें । मेरो धारणा थियो कि ओम राउतले यो कथा देखाउँदै हुनुहुन्छ । मसँग सबै तथ्यहरू छन्।’

ओम राउतले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT