Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘आदिपुरुष’ की अभिनेत्री कृति सेननले दिइन् यस्तो प्रतिक्रिया

फिल्म ‘आदिपुरुष’ की अभिनेत्री कृति सेननले दिइन् यस्तो प्रतिक्रिया


एजेन्सी । फिल्म ‘आदिपुरुष’को विवादले चर्किएको छ । फिल्ममा कृति सेननसँगै प्रभास र सैफ अली खान पनि मुख्य भूमिकामा छन् । सैफ अली खानको लुकलाई लिएर दर्शकहरु आक्रोशित छन् ।

फिल्म रिलिज हुनुअघि आदिपुरुष फिल्मबाट दर्शकहरुको धेरै आशा थियो तर फिल्म रिलिजपछि उनीहरुको अपेक्षा ठुलो धक्का लागेको छ ।

फिल्मले पहिलो दिन बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेको थियो । फिल्मको विरोध तिब्र रुपमा बढिरहेको छ । फिल्मको कथा, कलाकारको लुक र संवादलाई लिएर मानिसहरु निकै आक्रोशित देखिन्छन् ।

फिल्मलाई लिएर भारतका धेरै ठाउँमा विरोध प्रदर्शन पनि भइरहेको छ ।

फिल्म ‘आदिपुरुष’ मा जानकीको भूमिका निभाएकी कृति सेननले हालै आफ्नो इन्स्टाग्राम एउटा भिडियो शेयर गरेकी छिन् । भिडियो सेयर गर्दै कृति सेननले लेखेकी छिन्,‘ मेरो ध्यान तालीमा मात्र छ, जय श्री राम।’

यो भिडियो एउटा सिनेमा हलको हो जहाँ पूरै सिनेमा हल तालीले गुन्जिरहेको छ । थिएटरमा ठुलो भीड देखिएको र चलिरहेको विवादका बीच कृतिले यो भिडियो शेयर गर्दै ट्रोल गर्नेहरुलाई निशाना बनाएकी हुन् ।

तर, अर्कोतर्फ यस फिल्मले मानिसको भावनामा चोट पुर्याएको र राम, सीता र हनुमानको गलत छवि देखाएकोमा निर्माताहरुप्रति उनीहरु आक्रोशित छन् । यो फिल्मलाई प्रतिबन्ध लगाउन सरकारसँग माग समेत गरिएको छ ।

फिल्मको विवादमा हालसम्म कुनै पनि स्टार कास्टले प्रतिक्रिया दिएका थिएनन्, तर कृति सेननले आफ्नो इन्स्टाग्राममार्फत थिएटरका केही भिडियोहरू पोस्ट गरेकी छिन्।

हालसम्म प्रभास र सैफ अली खानले जारी विरोधमा कुनै प्रतिक्रिया दिएका छैनन् । कृति सेननको यो पोष्टलाई लिएर सामाजिक सञ्जालमा केही आक्रोशित भएका छन् र यस्ता भिडियो पोष्ट गरेर ‘रामायण’ को अपमान नगर्न आग्रह गरेका छन् । यो पोस्ट सेयर हुने बित्तिकै दर्शकहरुले कमेन्ट बक्समा चर्को कमेन्ट गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT