Techie IT
२०८२ कात्तिक ५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनउपराष्ट्रपतिद्धारा ६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

उपराष्ट्रपतिद्धारा ६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान


काठमाडौँ। नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन्।

उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित पुरस्कार समारोहमा मंगलबार सम्बन्धित कलाकारहरुलाई पुरस्कृत गरेका हुन्। सो पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरिएको थियो।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा आयोजित समारोहमा ६ जना स्रष्टा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ उपराष्ट्रपति यादव र कुलपति शर्माले प्रदान गरे।

यसरी पुरस्कृत हुने श्रष्टामा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक नविन किशोर राई, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधाबाट वरिष्ठ गायक र ङ्गीतकार तथा गीतकार गणेश रसिक रहेका छन्।

यस्तै परम्परागत तथा शास्त्रीय सङ्गीत विधाको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल पुस्कृत भए। समारोहमा त्यसैगरी रङ्गमञ्च विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ रङ्गकर्मी भैरव क्षत्री र नृत्य विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरियो। सोही समारोहमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई अर्पण गरियो। पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो।

समारोहोलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय यादवले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षौदेखि यो क्षेत्रमा सक्रिय रहँदै योगदान पुर्याउँदै आएकोमा खुशी व्यक्त गरे। उनले कार्यक्रममा भने, ‘प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरु (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि)लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्दछ।’ उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली संगीत, नृत्य, नाटक, रंगमञ्च, परम्परागत तथा शास्त्रीय संगीत एवम् लोक संगीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टाहरुलाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण्ण बनाई राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादबले भने,‘प्रतिभाहरुको सम्मानले प्रतिभाहरुलाई सिर्जनाको क्षेत्रमा कर्मशील र क्रियाशील हुने प्रेरणा प्रदान गर्दछ । अग्रज स्रष्टाहरुको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो।’ यस्तो सम्मान गर्ने परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिने विश्वास उनले व्यक्त गरे।

पुरस्कार समर्पण समारोहका अध्यक्ष एवं कुलपति निशा शर्माले कला स्थिर तत्व भएको बताउँदैे स्थिर तत्व स्रष्टा कलाकारहरुको माध्यमबाट मात्रै चलायमान हुने भनाई राखिन। उनले पुरस्कृत स्रष्टा तथा कलाकारलाई सम्मानीत हुने सबैलाई बधाई तथा शुभकामना ब्यक्त गरिन्।

पुरस्कृत स्रष्टाहरुको प्रतिनिधित्व गर्दै सङ्गीत विधाबाट सम्मानित गणेश रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रज्ञा प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी व्यक्त गरे। नेपाली मौलिक सङ्गीत नृत्य तथा नाटकमा दशकौँ योगदान दिने श्रष्टा तथा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्य बनाउन समेत उनले सुझाब दिए।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिएका थिए भने समारोहलाई सदस्य सचिव कुश्मा महराले सहजिकरण गरेकी थिईन्। समारोहमा सम्मानित हुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएको थियो।

प्राज्ञ टीका पुनले नविन किशोर राई, प्राज्ञ बखत बहादुर हमालले कुलमान नेपाली, प्राज्ञ कर्ण गौतमले गणेश रसिक, प्राज्ञ चेतन सापकोटाले भैरव क्षेत्री, प्राज्ञ डक्टर राईले विजय कुमार श्रेष्ठ तथा प्राज्ञ हिसन मगरले प्रा।डा। रामचन्द्र पोखरेललाई प्रदान गरिएको ताम्रपत्र पढेर सुुनाएका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तछाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरुको उपस्थिति रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT