Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’ मा हुँदै

‘गोर्खा वारियर’को प्रिमियर लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’ मा हुँदै


काठमाडौँ । चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । यो प्रिमियरमा दुई हजार दर्शकलाई चलचित्र ‘गोर्खा वारियर’ देखाईने यस चलचित्रका निर्माता एवम् निर्देशक मिलन चाम्सले बताएका छन् ।

मँगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक मिलन चाम्सले भने,‘नेपाली चलचित्रलाई विश्वब्यापी बजारमा पु¥याउने नेपालीहरुले देखेको सपनालाई चलचित्र ‘गोर्खा वारियर’ मार्फत अब साकार पारिने भएको छ । नेपालीहरु शाहसीको रुपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको बीरगाथामा यो चलचित्र आधारित रहेको छ ।’

यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’ मा गरिने चलचित्र ‘गोर्खा वारियर’को यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिएको जानकारी गराउँदछौं ।

निर्देशक चाम्सका अनुसार यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा चलचित्र ‘गोर्खा वारियर’लाई रेड कार्पेट प्रिमियर गर्नुको उदेश्य नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउनु नै हो,‘यो प्रिमियरको खर्च निकै छ । जसबाट एउटा नेपाली चलचित्र नै निर्माण गर्न सकिन्छ । तथापि नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउनका लागि मार्केटिङको यो बाहेक अरु बिकल्प हामीले देखेनौं ।’

हलिउडको ३०० मिलियन अमेरिकी डलरमा बनेका सिनेमा पनि लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमियर हुन्छ । नेपाली चलचित्रलाई त्यहाँ प्रिमियर गर्न आफुले २० वर्ष अघि देखेको सपना बल्ल पुरा हुन लागेको पनि निर्देशक चाम्सले कार्यक्रममा बताए,‘यो नेपाली चलचित्र उधोगकै लागि गौरवको कुरा हो । अर्को तर्फ अन्तराष्ट्रिय बजारमा नेपाली चलचित्रलाई पु¥याउनका लागि यो अन्तराष्ट्रिय स्तरकै उपयुक्त विषयबस्तु भएकाले पनि हामीले यो शाहस गरेका हौं ।’

यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’बाट सुरु भएको चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरलाई सेप्टेम्बर महिना भरी निरन्तरता दिईने भएको छ । तसर्थ सेप्टेम्बर २०२३ लाई ‘गोर्खा वारियर’को प्रिमियर महिनाको रुपमा मनाईने भएको छ । यो चलचित्रलाई बेलायतपछि हङकङ, सिँगापुरलगायत विभिन्न देशमा पनि सेप्टेम्बर महिनाभरी प्रिमियर गर्ने तयारी भईरहेको पनि निर्देशक चाम्सले जानकारी गराए । सो पत्रकार सम्मेलनमा बोल्दै कलाकार बिजय लामाले आफुले अहिलेसम्म काम गरेको चलचित्र मध्य गोर्खा वारियर सबैभन्दा ठुलो महत्वको चलचित्र भएको बताए ।

सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । चलचित्र गोर्खा वारीयर नेपाली, अँग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई हलिउडको बितरक कम्पनीले विश्वव्यापी वितरण गर्दै छ । यसको हिन्दी र अँग्रेजी सँस्करण पनि अन्तिम तयारी अबस्थामा छ ।
चलचित्र ‘गोर्खा वारियर’को पोष्ट प्रोडक्सनको कार्य यतिबेला भारतको मुम्बई र बेलायतको लन्डन स्थित स्टुडियोमा भईरहेको छ । यो चलचित्रलाई हलिउड स्तरको बनाउने प्रयास भईरहेको पनि उनले बताए । यस अघि टिजर रिलिजपछि राम्रो हाईप बनाएको चलचित्रलाई अब लन्डनबाट गरिने प्रिमियरले विश्वव्यापी चिनाउने पनि उनले बताए ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।
‘गोर्खा वारियर’मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT