Techie IT
२०८२ जेठ २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा छानिए १२ देशका २२ फिल्म

११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा छानिए १२ देशका २२ फिल्म


काठमाडौँ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही २३ देखि २५ असारसम्म काठमाडौँको जमलस्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ हुने भएको छ। यो महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ।

‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १२ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं। महोत्सबले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उदेश्य रहेको छ।’ महोत्सब अध्यक्ष एवम् कलेजकी प्रिन्सिपल डा. मञ्जु मिश्रले भनेकी छिन्।

यसपटक महोत्सबमा ११ वटा मुलुकका १० वटा अफ्रिकन चलचित्र तथा बृत्तचित्र चयन भएका छन्। यस्तै नेपालबाट १२ वटा चलचित्र तथा बृत्तचित्र चयन भएको छन्। महोत्सब अफ्रिकन बस्तुका प्रदर्शन तथा अन्य विभिन्न कार्यक्रम रहेको पनि महोत्सबकी अध्यक्ष डा। मञ्जु मिश्रले बताएकी छिन्।

महोत्सबमा अफ्रिकाबाट चयन भएका १० चलचित्र मध्य जिम्मावेको बृत्तचित्र कलिङ द डेड, युगान्डाको बृत्तचित्र समबडी क्लाप फर मी र केन्याको बृत्तचित्र थ्याँक्यु फर द रेन रहेका छ। फेस्टिवलमा फिचर फिल्म तर्फ मोजाम्बियाको फिचर फिल्म ट्रेन अफ द साल्ट एन्ड सुगर छानिएको छ। यस्तै सर्ट फिल्म तर्फ रुवान्डा र स्विजरल्यान्डको सर्ट फिल्म आई गट आई थिङ एन्ड लेफ्ट, इजिप्टको सर्ट फिल्म द बिल्डर, साउथ अफ्रिकाको सर्ट फिल्म ह्याङ म्यान, फ्रान्सको सर्ट फिल्म शान्ता क्लज डार्क साईड, घानाको सर्ट फिल्म या, केन्या र जर्मनको सर्ट फिल्म वाटु वाटो रहेका छन्। यसरी ११ मुलुकका १० अफ्रिकन चलचित्र र नेपालको १२ चलचित्र गरी १२ मुलुकका २२ वटा चलचित्र यो महोत्सबमा प्रदर्शन हुने छ।

फेस्टिबल निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सबमा नेपालबाट चारवटा फिचर फिल्म, दुई वटा बृत्तचित्र, तीन वटा सर्ट फिल्म र तीन वटा स्टुडेन्ट फिल्म चयन भएका छन्। जसमा फिचर फिल्म तर्फ दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार निर्देशित भाग्य रहेका छन्। बृत्तचित्र तर्फ रोशनी केसी निर्देशित समर्पण र भिमलाल श्रेष्ठ निर्देशित फेरी रहेको छ। यस्तै सर्ट फिल्ममा बिलक्षण क्रियसन निर्मित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुविधा रहेका छन्। स्टुडेन्ट समुहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामल कुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेको छ।

महोत्सब जमल स्थित सांस्कृतिक संस्थान ९नाचघर०मा २३ देखि २५ असारसम्म तीन दिन चल्ने छ। २३ असार शनिबार ११ बजेबाट १२ः३० सम्म उद्घाटन समारोह रहेको यो महोत्सबमा सोही दिन १ बजेबाट तीन दिनसम्म यी २२ वटा फिल्म प्रदर्शन गरिने छ। २५ गते सोमबार ३ः३० बजेबाट महोत्सब समापन तथा अवार्ड समारोह आयोजना गरिने महोत्सब निर्देशक क्षत्रीले बताएका छन्।

महोत्सबमा आईतबार २४ असारमा नाचघरमै एक दिवसीय अभिनय कार्यशाला हुँदैछ। यो कार्यशालामा कलाकार बीरेन्द्र हमालले ‘बडी ल्याँग्वेज, फेसियल एक्सप्रेसन र माईम एक्ट’को प्रशिक्षण दिनेछन्।
यस्तै फेस्टिबल कोअर्डिनेतर तथा प्राजेक्ट म्यानेजर चिरञ्जिभी गुरागाईंको सँयोजकत्वमा महोत्सबमा आईबार २४ असार १२ः३० बाट २ बजेसम्म ‘नेपाली सर्ट फिल्मको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार’ बिषयमा अन्तरक्रिया हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

काठमाडौँ । यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’,…

काठमाडौँ । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको

चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा

काठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

काठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई

रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’

मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

Techie IT