Techie IT
२०८२ वैशाख २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनराष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल सम्पन्न

राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल सम्पन्न


काठमाडौँ। राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। चलचित्र विकास बोर्डले विहीवार बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय चलचित्र नीतिको मस्यौदा माथी छलफल तथा सुझाव संकलन गरेको हो।

बोर्ड सदस्य के एल बुदाथोकीको संयोजकत्वमा तयार भएको राष्ट्रिय चलचित्र नीति–२०८० माथी चलचित्रसँग सम्बन्धित संघ संस्था र सरोकारवालाहरुबीच छलफल तथा सुझाव संकलन गरिएको हो। चलचित्र विकास बोर्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप–सचिव विशाल सापेकाट सदस्य सचिवको रुपमा आएपछि चलचित्र नीतिमा छलफल तथा सुझाव संकलन कार्यक्रम गरिएको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोर्डको संस्थापक अध्यक्ष तथा बरिष्ठ निर्देशक यादव खरेल, पूर्व अध्यक्ष कृष्ण मल्ल, अमरराज गिरी, निवर्तमान अध्यक्ष दयाराम दाहाल, बोर्ड सदस्य राजु केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल आदिवासी चलचित्रकर्मी महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवार, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, संगीतकार संघका अध्यक्ष चेतन सापकोटा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीसहित बोर्डका कर्मचारी तथा अन्य सारोकारवाला प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

“२०२६ सालमा चलचित्र ऐन बनेको थियो। त्यसपछि दुई दशकपछि त्यसलाई आधार मानेर चलचित्र निर्माण, वितरण र प्रदर्शन कार्यविधि बनेको थियो। त्यहि अनुसार बोर्डले विभिन्न कार्यक्रम तर्जुमा गर्दै आईरहेको थियो । पछि बरिष्ठ निर्देशक यादव खरेलको संयोजकत्व तथा अमरराज गिरी, दयाराम दाहाललगायतको पहलमा राष्ट्रिय चलचित्र नीति–२०७१ निर्माण भएको थियो।

मन्त्रीपरिषद्बाट पास भएर सो नीति अनुसार चलचित्र उद्योग अघि बढ्दै आएको छ। त्यसलाई परिमार्जन गर्न आवश्यक ठानिएर मस्यौदा नीति माथी सरोकारवालासँग छलफल र सुझाव संकलन गरिएको हो,” सदस्य सचिव बिशाल सापकोटाले भने।

कार्यक्रममा प्रदेशमा पनि संस्थागत संरचना हुन सक्ने भएकोले नीति नबाँझिने गरि नेपाली चलचित्र क्षेत्रको बृहत्तर विकासमा निर्माण हुनुपर्ने भन्दै उपस्थित सबैले सुझाव पेश गरेका थिए। केही संस्था र उपस्थितले लिखित रुपमै सुझाव पेश गरेका थिए। यस्तै विदेशी चलचित्र वारे नेपाल सरकारको दृष्टिकोण कस्तो हुने र त्यसलाई कसरी नियमन गर्ने भने विषयमा समेत नीतिले स्पष्ट पार्नुपर्ने चलचित्रकर्मीहरुको भनाई थियो। बोर्डले ०७१ सालमा बनेको चलचित्र नीतिलाई पुनः संशोधन गर्न राष्ट्रिय चलचित्र नीति–२०८० मस्यौदा तयार गरेको हो। केही समयमा थप छलफल गरि पूर्ण मस्यौदा तयार गरि मन्त्रालय पठाउने र यथाशक्य मन्त्रीपरिषद्बाट पास गरि लागु गर्न विकास बोर्ड लागि पर्ने अध्यक्ष भुवन केसीले बताए। यस अघि चलचित्र ऐनको मस्यौदा तयार पारी मन्त्रालयमा बुझाईसकेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’

मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

Techie IT