Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘आरआरआर २’ फिल्म बन्ने तर राजामौलीले निर्देशन नगर्ने !

‘आरआरआर २’ फिल्म बन्ने तर राजामौलीले निर्देशन नगर्ने !


एजेन्सी । पछिल्लो समय निकै सफल मानिएका निर्देशक हुन् एसएस राजामौली । उनले निर्देशन गरेको फिल्म आरआरआरले बक्स अफिसमा धमाकेदार कमाई गर्न सफल भएको थियो ।

अब साउथका अभिनेता राम चरण जुनियर एनटीआर चाँडै आरआर २ को सिक्वेलमा फर्किनेछन् तर यो फिल्मको सुटिङ भने सुरु भएको छैन । किनभने एसएस राजामौली आफ्नो ड्रीम प्रोजेक्ट (महाभारत) पहिले पूरा गर्न चाहन्छन्।

राजामौलीको महेश बाबुसँगको फिल्मपछि उनले छिट्टै महाभारतको प्रोजेक्ट सुरु गर्न सक्नेछन् । र, राजामौलीका लागि महाभारतमा काम गर्ने यो उत्तम समय हुनेछ ।

आदिपुरुष फिल्म फ्लप भएपछि हाल दर्शकहरुको ध्यान ‘महाभारत’तिर गएको छ ।

एसएस राजामौलीका बुबा विजयेन्द्र प्रसादले रामचरण र जुनियर एनटीआरले सिक्वेलमा फेरि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। यसका लागि उनले एसएस राजामौली फर्किने संकेत पनि दिए र राजामौलीले फिल्म निर्देशन नगरी सुपरवाइजरको भूमिका खेल्न सक्ने बताए ।

एसएस राजामौली र महेश बाबु चाँडै सँगै काम गर्न लागेका छन् । एक रिपोर्टका अनुसार फिल्मको छायांकन सन् २०२३ को अन्त्यमा ठूलो स्केल वर्कशपबाट सुरु हुनेछ।

एसएस राजामौलीले विभिन्न विभागका लागि कार्यशाला आयोजना गर्दैछन् जुन ६ महिनासम्म चल्नेछ।

यस फिल्ममा ठूलो मात्रामा भिएफएक्सको प्रयोग हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

Techie IT