युरोपमा हरेक वर्ष बीस हजारभन्दा बढीको डुबेर मृत्यु

प्रतीकात्मक तस्बिर
एजेन्सी । युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ ।
डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का युरोपेली क्षेत्रीय निर्देशक डा हान्स हेनरी पी. क्लुगेलेले उक्त जानकारी दिएका हुन् ।
विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर भएका मृत्युमध्ये २६ प्रतिशत मदिराका कारण भएका उनले सोमबार जारी गरिएको वक्तव्यमा उल्लेख छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार सन् २०१४ यता बसाइँसराइका क्रममा करिब ३४ हजार मानिस डुबेका छन् ।
डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसका अवसरमा जारी गरिएको क्षेत्रीय निर्देशक डा क्लुगेलेको वक्तव्यअनुसार विश्वव्यापी रूपमा हरेक वर्ष दुई लाख ३६ हजारले ज्यान डुबेर गुमाउँने गरेका छन् । पौडी पोखरीमा हुने दुर्घटनादेखि पानीजहाजलगायत जलयातायातका साधन पल्टिनेलगायत दुर्घटना तथ्याङ्कमा समेटिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित