Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकाठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ?

काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ?


नयाँदिल्ली । शुक्रबार अपराह्न सन् १९९९ को डिसेम्बर २४ मा काठमाडौँबाट नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको अपहरित विमानका चालक देवी शरणले विमानस्थलको सुरक्षाका निम्ति बेग्लै सुरक्षा बल अपरिहार्य भएको बताएका छन् ।

सेवा निवृत्त शरणले आईसी ८१४ को अपहरणपछि विमानस्थलको सुरक्षाका निम्ति बेग्लै एयरपोर्ट सेक्युरिटी फोर्स ९एएसएफ० को अवधारणा अघि बढाइएको तर त्यो कहिल्यै कार्यान्वयन नभएको उल्लेख गर्दै उनले अझै पनि त्यस्तो सुरक्षा दस्ता अत्यावश्यक भएको बताएका छन् ।

उड्डयन सुरक्षा एवम् संस्कृति सप्ताहका अवसरमा नयाँदिल्लीमा सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपहरण गरिएको विमान पञ्जाबमा अवतरण गर्दा अमृतसर पुलिस र एयरपोर्टका सुरक्षा अधिकारी कति असहाय थिएभन्ने तथ्य सबैले बुझेका बताए । “अपहरण भएको विमान अमृतसरमा अवतरण गर्दा अमृतसर विमानस्थलको सुरक्षा जिम्मेवारी स्थानीय प्रहरीसँग थियो, तिनीहरू असहाय थिए यदि विशेष दल भैदिएको भए स्थिति नियन्त्रण गर्न र अपहरणकर्ताले उडानलाई पाकिस्तान लैजाऊ भन्दा कारबाही गर्न सकिन्थ्यो,” उनले भने ।

उक्त घटनापछि विमानस्थलका लागि बेग्लै सुरक्षा बलको सुझाव आएको थियो तर त्यसलाई कार्यानवयन गरिएन । भविष्यमा त्यस्ता अप्रिय अवस्थाको सामना गर्नुनपरोस् भन्ने उद्देश्यका साथ बेग्लै सुरक्षा बल आवश्यक भएको उनले दोहोर्‍याए ।

मखुण्डो लगाएका पाँच जना पाकिस्तानी उग्रवादीले एक सय ७६ यात्रु बोकेको एयरबसलाई काठमाडौंबाट अमृतसर, त्यसपछि पाकिस्तानको लाहोर अनि संयुक्त अरब इमिरेट्सको दुबई र अन्तत: तालिवानको केन्द्रबिन्दु अफगानिस्तानको कान्दाहारसम्म पुर्याएका थिए ।

यात्रीको भेषमा रहेका अपहरणकारीले एक जनाको हत्या गरेभने दुवईमा २७ जनालाई छाडेका थिए । भारतले तीन जना आतङ्कवादी मुश्ताक अहमद जरगर, अहमद उमर सईद शेख र मसूद अजहरलाई रिहा गर्न सहमत जनाएपछि विमान अपहरण र यात्री बन्धक सङ्कट सात दिनपछि टुङ्गिएको थियो । विमानमा चालक दलका १५ जना सदस्य थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT