Techie IT
२०८१ जेठ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसले यो देशमा आणविक हतियार तैनाथ गर्ने

रुसले यो देशमा आणविक हतियार तैनाथ गर्ने


एजेन्सी । रुस र युक्रेनबीचको युद्धमा अमेरिका र नेटो देशहरू पनि सक्रिय छन् । उनीहरूले युक्रेनलाई .विभिन्न रूपमा सैन्य सहायता प्रदान गरिरहेका छन्। जसका कारण रुसी मिसाइल र खतरनाक ड्रोनले पनि युक्रेनलाई झुकाउन सकेका छैनन् ।

आणविक हमलाको धम्की दिएको रुसले अब आफ्नो मित्र राष्ट्र बेलारुसमा आणविक हतियार तैनाथ गरेर ‘नेटो’ लाई पाठ सिकाउन खोजेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बेलारुसमा आणविक हतियार तैनाथ गर्ने सम्बन्धमा पनि सम्झौता भएको छ ।

रूस र बेलारुसले बिहीबार बेलारुसको भूमिमा रूसी आणविक हतियारहरू तैनाथ गर्ने प्रक्रियालाई औपचारिक रूपमा एक सम्झौतामा हस्ताक्षर गरेका छन्।

यी आणविक हतियारहरूको नियन्त्रण रसियासँग रहनेछ।

यस कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोबीच यसअघि भएको सम्झौतालाई औपचारिकता दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका

इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । शनिबारदेखि सम्पर्कविहीन भएको

अफगानिस्तानको घोर प्रान्तमा बाढीले ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार

इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ गरी नेपाल ल्याएको

भ्लादिमिर पुटिन र सी जिनपिङबीच भेटवार्ता

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । सीलाई भेट्न पुटिन बेइजिङ पुगेका

Techie IT