Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअजरबैजान र अर्मिनियाबीच फेरी युद्ध चर्कियो

अजरबैजान र अर्मिनियाबीच फेरी युद्ध चर्कियो


एजेन्सी। अजरबैजान र अर्मिनियाबीचको युद्ध फेरी चर्केको छ। अजरबैजानका सेनाले अर्मिनियामा गोलाबारी जारी राख्नुका साथै ग्रिनेड समेत प्रहार गरेको छ। युद्धका कारण हजारौ नागरिक पलायन भएका छन्।

गत सातादेखि फेरी सुरु भएको युद्धको मारमा पिल्सिएका अर्मिनियाका हजारौं नागरिक पलायन भएका हुन्। अजरबैजानले अर्मिनियाका अधिकांश भूभागलाई आफूतिर पार्न गरेको संघर्ष केही समय मत्थर भएकोमा अजरबैजानले फेरी आक्रमण सुरु गरेको हो। जसका कारण अर्मिनियाको जनजीवन अस्तव्यस्त बनेको छ।

नागरिहरु त्रासमा जिन्दगी बिताउन बाध्य छन्। गत केही दिन अघि भएको आक्रमणमा अर्मिनिया तर्फ कम्तिमा ३२ जनाको मृत्यु भएको थियो भने घाइतेहरुको अवस्था गम्भीर रहेको छ। अर्मिनियाका अधिकांश भौतिक संरचनाहरु नष्ट भएका छन्।

अजरबैजानले अर्मिनिया नियन्त्रित काराबाखको सैनिक मुख्यालयमा लगातार रुपमा बम हमला गरिरहेको समाचारमा उल्लेख छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गोप्य रुपमा अन्त्येष्टि गर्ने भएपछि रुसी नेता नाभाल्नीको शव बुझियो

काठमाडौँ । जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका

रुस–युक्रेन युद्धमा एक नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

गण्डकी । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको

पूर्वी इन्डोनेसियामा हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा मङ्गलबार तीन यात्रु बोकेको एउटा हेलिकप्टर सम्पर्कविहीन भएको प्रान्तीय खोज तथा उद्धार कर्यालयका

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

काठमाडौँ । भारतमा आन्दोलनरत किसान सङ्गठनले केन्द्र सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् । हरियाणा–पञ्जाबको शम्भु सीमामा पत्रकार सम्मेलन गरेर किसान

पाकिस्तानमा ६ दलीय गठबन्धन

काठमाडौँ । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, पाँच जना…

काठमाडौँ । न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ

Techie IT