एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक
एजेन्सी । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान खरिद गर्न लागेको हो ।
विमान खरिद गर्न भएको व्यावसायिक कारोबारको वास्तविक विवरण सार्वजनिक गरिएको छैन तर ती विमानको हालको बजार मूल्यका आधारमा तीन अर्ब २० करोड देखि चार अर्ब १० करोड अमेरिकी डलरसम्ममा सम्झौता भएको अनुमान गरिएको छ ।
एयरबसले आफ्ना सिङ्गल–आइल ए३२० विमान इन्धन खपतका आधारमा बोइङ कम्पनीका विमानभन्दा उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । बोइङका ७३७ म्याक्स जहाजभन्दा ए३२० विमान कम इन्धन खपत गर्ने एयरबसको दाबी छ ।
क्याथे प्यासेफिक विश्वका अग्रणी एयरलाईन्समध्येको एक हो । यो कम्पनीले सन् २०१७ मा नै एयरबससँग त्यस्ता विमान खरिद गर्ने बताएको थियो । सोही वर्ष एयरबसलाई आपूर्तिका निम्ति दिइएको अर्डरमध्ये १३ वटा विमान क्याथेले प्राप्त गरीसकेको तथा थप १० विमान आगामी सन् २०२९ सम्ममा उपलव्ध हुने अपेक्षा गरिएको एयरबसले जनाएको छ । रासस/ एएफपी
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति
काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै