गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिकएयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक नेपाली पत्र शनिबार, २०८० असोज १३ गते, १८:०१ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान खरिद गर्न लागेको हो ।विमान खरिद गर्न भएको व्यावसायिक कारोबारको वास्तविक विवरण सार्वजनिक गरिएको छैन तर ती विमानको हालको बजार मूल्यका आधारमा तीन अर्ब २० करोड देखि चार अर्ब १० करोड अमेरिकी डलरसम्ममा सम्झौता भएको अनुमान गरिएको छ ।एयरबसले आफ्ना सिङ्गल–आइल ए३२० विमान इन्धन खपतका आधारमा बोइङ कम्पनीका विमानभन्दा उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । बोइङका ७३७ म्याक्स जहाजभन्दा ए३२० विमान कम इन्धन खपत गर्ने एयरबसको दाबी छ ।क्याथे प्यासेफिक विश्वका अग्रणी एयरलाईन्समध्येको एक हो । यो कम्पनीले सन् २०१७ मा नै एयरबससँग त्यस्ता विमान खरिद गर्ने बताएको थियो । सोही वर्ष एयरबसलाई आपूर्तिका निम्ति दिइएको अर्डरमध्ये १३ वटा विमान क्याथेले प्राप्त गरीसकेको तथा थप १० विमान आगामी सन् २०२९ सम्ममा उपलव्ध हुने अपेक्षा गरिएको एयरबसले जनाएको छ । रासस/ एएफपी #हवाई सेवा प्रदायक कम्पनीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंकाएजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयोजम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृतएजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्तावएजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएनएजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिदधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ३ अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने ४ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ५ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ६ नेपालीको औषत आयु ६० वर्ष ७ मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारीThe Film Nepal