Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना


एजेन्सी । इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको छ ।

दुर्घटना आइतबार साँझ भएको हो । सोमबार अपराह्न अन्तिम शव निकालिएसँगै खोज तथा उद्धारका काम सकिएको अग्नि नियन्त्रण कार्यालयले बताएको छ । दुर्घटनाग्रस्त डुङ्गामा २४ जना पर्यटक थिए । आँधीबेहरीका कारण डुङ्गा पल्टिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हेलिकप्टर प्रयोग र गोतटाखोर परिचालन गरेर उद्धारका काम सम्पन्न गरिएको थियो । डुबेको डुङ्गा निकाल्ने प्रयास भइरहेको छ । चित्ताकर्षक म्यागियोर ताल इटाली र स्विजरल्याण्डको साझा पर्यटकीय गन्तव्य हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

Techie IT