Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियराष्ट्रसंघ प्रमुखले इजरायललाई चेतावनी दिदैँ भनेः उत्तरी गाजा खाली गर्नु ‘अत्यन्त खतरनाक’

राष्ट्रसंघ प्रमुखले इजरायललाई चेतावनी दिदैँ भनेः उत्तरी गाजा खाली गर्नु ‘अत्यन्त खतरनाक’


एजेन्सी । हमासले गरेको आतंकवादी हमलाको बदलास्वरुप इजरायलले गाजा पट्टीमा लगातार आक्रमण गरिरहेको छ ।

इजरायली सेनाले गाजालाई पूर्ण रूपमा घेरेको छ । इजरायली सेनाले गाजा पट्टीमा बसोबास गर्ने प्यालेस्टाइनीहरूलाई गाजाको उत्तरी भाग छोडेर दक्षिणतर्फ जान आग्रह गरेको थियो।

गाजाको जनसंख्या २.३ मिलियन छ, जसमध्ये १० लाखभन्दा बढी मानिसहरू उत्तरी गाजामा बस्छन्।

इजरायली बमबारीका बीच उत्तरी गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरूले दक्षिणतिर बसाइँ सर्न थालेका छन्।

यसैबीच, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली सैन्य आदेशअनुसार गाजाका बासिन्दाहरूको उत्तरबाट दक्षिणतर्फको आवतजावत ‘अत्यन्त खतरनाक’ भएको चेतावनी दिएका छन् ।

इजरायली सेनाले गाजा शहर र वरपरका प्यालेस्टिनीहरूलाई धेरै दिनको हवाई हमला पछि क्षेत्रको दक्षिणतिर जान आदेश दिएको थियो।

‘सम्पूर्ण क्षेत्र घेराबन्दीमा रहेको अवस्थामा १० लाख भन्दा बढी मानिसहरूलाई खाना, पानी वा आश्रय बिनाको क्षेत्रमा सार्नु अत्यन्त खतरनाक छ र केही अवस्थामा सम्भव छैन’, उनले भने।

उनले भने, ‘सम्पूर्ण गाजा क्षेत्रले पानीको संकटको सामना गरिरहेको छ, किनकि पूर्वाधारमा क्षति पुगेको छ र पावर पम्प र डिसेलिनेशन प्लान्टहरूमा बिजुली छैन।’

एक रिपोर्टका अनुसार गुटेरेसले गाजाको अवस्था खतरनाक तहमा पुगेको बताएका छन् ।

उनले अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आतंकवादी हमलामा १२ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र हजारौं घाइते भएको बताए ।

‘यो अवस्था गाजामा इजरायली बमबारी पछि भएको हो’, उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT