Techie IT
२०८० असोज १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तर कोरियाले चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने


एजेन्सी । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले जनाएको छ ।

उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए) ले आजको दुर्घटनाबाट पाठसिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ । रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ ।

एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपायहरू गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ ।

यसैबीच, फ्रान्सेली समाचार समिति एएफपीका अनुसार उत्तरकोरियाले अमेरिकी सैन्य गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गर्न यही जेठ २८ भित्रमा आफ्नो जासुुसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्योङयाङको आजको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सोलमा हल्लीखल्ली मच्चियोभने जापानमा दक्षिणमा ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो ।

सोलमा अराजकता र अन्योल छायो जब मानिसहरू हवाई आक्रमणको साइरनको आवाजबाट ब्यूँझिए र उनीहरूलाई भाग्न तयारीमा जुटे । आपतकालीन सन्देश प्रवाह भएको २० मिनेट पछि मात्र त्यो त्रुटिवश प्रवाह भएको वास्तविकता बाहिर आयो । आजको अफवाहले सुरक्षा सतर्कता प्रणालीप्रतिको विश्वासमा गुमेको ३३ वर्षीया एक गृहिणीले बताएकी छन् ।

“उत्तरकोरियाले दक्षिणकोरियामा सुरक्षा जोखिम बढाएको छ, यदि भविष्यमा सतर्कता चेतावनी जारी हुँदा त्यसलाई गम्भीरतापूर्वक लिइन्छ वा लिइदैन भन्ने प्रश्न खडा भएको छ,”उनले भनिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चिनियाँ ह्याकरहरूद्वारा अमेरिकी विदेश मन्त्रालयका ६० हजार खातामा खेलवाड

एजेन्सी । चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको इमेलहरू ह्याक गरेका छन्। ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालयका ६० हजार खातामा खेलवाड गरेको मिडिया

मणिपुरमा फेरि हिंसा भड्कियो, दुई युवाको हत्यापछि स्थिति बिग्रियो

एजेन्सी । भारतको मणिपुरको राजधानी इम्फालमा लगातार हिंसात्मक प्रदर्शन भइरहेका छन् । यसैबीच, केन्द्रीय गृहमन्त्री अमित शाहले मुख्यमन्त्री एन वीरेन

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती

एजेन्सी । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेस गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको

रुसले अमेरिका र पश्चिमा देशहरुलाई लगायो यस्तो आरोप !

एजेन्सी । रुस र युक्रेनबीच भीषण युद्ध जारी छ । यसैबीच रुसले युक्रेन र युक्रेनलाई सहयोग गरिरहेका पश्चिमी देशहरूमाथि ठूलो

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले माफी मागे

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नाजी सैनिकको प्रशंसा गरेकोमा बुधबार संसदमा माफी मागेका छन् । हाउस अफ कमन्सका सभामुखले

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेता वार्ता गर्न सहमत

एजेन्सी। चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुने भएको छ। सरकारी अधिकारीहरूका अनुसार सन् २०१९

Techie IT