Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययुक्रेनले सन् २०२४ को बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने

युक्रेनले सन् २०२४ को बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने


एजेन्सी । युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार बजेट बिनियोजन बिषयमा मतदान भएको थियो ।

कीएभ र मस्को दुवैले युद्ध सुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन् । उनीहरू दुबैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन् ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब १।७ ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ, जुन सन् २०२३ को बराबर हो ।

यो आँकडा शिक्षा, सामाजिक कल्याण र स्वास्थ्य सेवामा संयुक्त रूपमा गरिएको खर्चभन्दा बढी हो र यो देशको योजनाबद्ध खर्चको कुल ९३ अर्ब डलरको लगभग आधा हो ।

युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी सहयोगीहरूको आर्थिक सहयोगमा युद्धको समयमा आफ्नो अर्थव्यवस्थालाई जीवित राख्नको लागी धेरै निर्भर बनेको छ ।

आईएमएफले सन् २०२३ मा आवश्यक पर्ने अनुमान गरेकै हाराहारीमा आगामी वर्ष दैनिक खर्च गर्न ४१ अर्ब अमेरिकी डलर बाह्य सहयोग आवश्यक रहेको बताएको छ ।

यूक्रेनको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रक्षा क्षमताको सुदृढीकरण, जनसङ्ख्याको सुरक्षा, भूतपूर्व सैनिकहरूलाई सहयोग, सामाजिक स्तर र आर्थिक पुनरुत्थानलाई बढावा दिने देशको बजेटको प्राथमिकता स्पष्ट छ ।”

“हामीसँग छिटोभन्दा छिटो युद्ध जित्नका लागि थप ड्रोन र हाम्रा आफ्नै हतियारहरू हुनेछन्,” विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार साँझ संसदलाई सम्बोधन गर्दै ‘विजय’ हासिल गर्न बजेट स्रोतहरू विनियोजन गरिने बताएका छन् ।

जेलेन्स्कीले भने, “हामी सबैले मानिसहरूले सडकहरू खन्ने र मर्मत गर्नेभन्दा पनि रक्षालाई सहयोग गर्न बजेट स्रोतहरू विनियोजन गर्न माग गरिरहेको देख्छौं ।”

“यो सही काम हो । युक्रेनलाई बलियो बनाउन सबै स्रोत साधनको प्रयोग गर्नुपर्छ,” उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT