Techie IT
२०८२ असार ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहरदीप सिंह निज्जरपछि अब क्यानडामा हरप्रीत सिंह र उनको छाेराकाे हत्या

हरदीप सिंह निज्जरपछि अब क्यानडामा हरप्रीत सिंह र उनको छाेराकाे हत्या


एजेन्सी । हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारत र क्यानडाबीच तनाव उत्कर्षमा पुगेको छ ।

यसैबीच क्यानडामा हरप्रीत सिंहलाई अज्ञात आक्रमणकारीले गोली हानेर हत्या गरेका छन् ।

यसले क्यानडामा हंगामा मच्चाएको छ ।

क्यानडा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

आक्रमणकारीहरूले हरप्रीत सिंहसँगै उनका छोरालाई पनि गोली हानेका थिए।

घटनामा उनको पनि मृत्यु भएको छ ।

यो घटना क्यानडाको एडमन्टनको हो ।

क्यानडामा बढ्दो गिरोह हिंसामा मारिएका हरप्रीत सिंह भारतीय मूलका सिख थिए। उनका ११ वर्षीय छोराको पनि यस क्रममा मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार गोली चलाउनेहरूले कारमा (उप्पलको) छोरा रहेको थाहा पाएपछि उनीहरूले जानाजानी गोली हानेका थिए ।

एडमन्टन जर्नलले डर्कसेनलाई उद्धृत गर्दै उक्त कुरा मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रहरीले उप्पलका छोराको नाम भने सार्वजनिक गरेको छैन । यस प्रकरणमा अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

‘सीबीसी न्यूज’ को समाचार अनुसार उप्पलमाथि कोकिन ओसारपसार र तस्करीलगायतका धेरै आरोप लागेको थियो । यस मुद्दाको सुनुवाई अप्रिल २०२४ मा सुरु हुने तय थियो ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT