Techie IT
२०८३ असोज १७, शनिबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ उत्तराखण्डमा पाँच दिनभन्दा बढी समयदेखि सुरुङमा फसेका मजदुरहरुको उद्धार छिट्टै हुने

उत्तराखण्डमा पाँच दिनभन्दा बढी समयदेखि सुरुङमा फसेका मजदुरहरुको उद्धार छिट्टै हुने


एजेन्सी । भारतको उत्तराखण्डमा पाँच दिनभन्दा बढी समयदेखि सुरुङमा फसेका मजदुरको उद्धार कार्यले गति लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सिल्क्यरा सुरुङमा रहेको नयाँ र शक्तिशाली औगर मेसिन शुक्रबार बिहानसम्म २१ मिटर भित्र पसेपछि भित्र फसेका ४० जना कामदार छिट्टै बाहिर आउने आशा जगाएको समाचारमा जनाइएको छ ।

सिल्कारास्थित उत्तरकाशी जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार सुरुङमा जम्मा भएको भग्नावशेषमा बिहान ६ बजेसम्म २१ मिटरसम्म ‘ड्रिलिंग’ गरिएको छ ।

सुरुङ खन्ने काममा ४५ देखि ६० मिटर फोहोर जम्मा भएको छ । भग्नावशेषमा ड्रिलिङ मार्फत बाटो बनाएर ८०० एमएम र ९०० एमएम व्यासका धेरै ठूला पाइपहरू एकपछि अर्को गरी भग्नावशेषको एक छेउबाट वैकल्पिक सुरुङ बनाइनेछ।

सानो औगर मेसिन असफल भएपछि २५ टन तौलको ठूलो, अत्याधुनिक र शक्तिशाली अमेरिकी औगर मेसिनलाई भारतीय वायुसेनाको सी–१३० हर्कुलस विमानमार्फत दुई भागमा दिल्लीबाट उत्तरकाशी पु¥याइएको थियो । जसको बिहीबारबाट पुनः उत्खनन सुरु भएको छ । सुरुङमा फसेका मजदुरहरूलाई खाना र पेय पदार्थहरू निरन्तर उपलब्ध गराइने अधिकारीहरूले बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT