Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजाको अल शिफा अस्पतालकाे आईसीयूमा भर्ना भएका सबै बिरामीको इजरायली आक्रमणमा मृत्यु

गाजाको अल शिफा अस्पतालकाे आईसीयूमा भर्ना भएका सबै बिरामीको इजरायली आक्रमणमा मृत्यु


एजेन्सी । गाजाको अल शिफा अस्पतालमा ठूलो घटना भएको छ। आईसीयूमा भर्ना भएका सबै बिरामीको इजरायली आक्रमणमा मृत्यु भएको छ ।

अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले यो जानकारी दिएका छन् ।

उनले इजरायली आक्रमणमा एकै रातमा २२ जना बिरामीको मृत्यु भएको बताएका छन् ।

तीन दिनभित्र अल शिफा अस्पतालमा ५५ जनाको ज्यान गएको सलमियाले बताए ।

सात हजारभन्दा बढी मानिस अझै अस्पतालमा अलपत्र परेका छन् ।

यसमा बिरामीहरू, मेडिकल स्टाफ कर्मचारीहरू र आश्रय गृहमा बस्ने मानिसहरू समावेश छन्।

इजरायली सेनाले गाजाको अल शिफा अस्पताललाई लगातार निशाना बनाएको छ ।

आईडीएफले अल शिफा अस्पताल मुनि सुरुङ रहेको दाबी गरेको छ ।

अल शिफा गाजाको सबैभन्दा ठूलो अस्पताल हो। इजरायली सैनिकहरूले उक्त अस्पतालमा केही घण्टादेखि कारबाही गरेका छन्। आइडिएफले अल शिफा अस्पताल हमासको मुख्यालय भएको बताएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाट

काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी

ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू

इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखे

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै

Techie IT