Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘कहिल्यै आमनेसामने बस्ने छैन’, किम जोङ उनकी बहिनीले अमेरिकाको प्रस्ताव अस्वीकार गरिन्

‘कहिल्यै आमनेसामने बस्ने छैन’, किम जोङ उनकी बहिनीले अमेरिकाको प्रस्ताव अस्वीकार गरिन्


एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोन उनकी बहिनीले अमेरिकासँगको वार्ताको प्रस्ताव अस्वीकार गरेकी छन् ।

साथै उनले थप भूउपग्रह प्रक्षेपण गर्ने प्रतिवद्धता जनाएकी छन् ।

उत्तर कोरियाको यो कदमले अमेरिका थप चिडिने अनुमान गरिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बिहीबार कूटनीतिमा फर्कने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेकी छन्।

किम यो जोङले कोरियाले उठाएको यो कदमको प्रशंसा गर्नुपर्छ भन्ने विश्वास गरे पनि कोरियाको यो कदमले संयुक्त राष्ट्रसंघको प्रतिबन्धको उल्लङ्घन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

किमकी बहिनीले अमेरिकासँग कहिल्यै आमनेसामने नबस्ने बताइन् ।

यस हप्ताको सुरुमा, संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा, अमेरिकी राजदूत लिन्डा थोमस(ग्रीनफिल्डले उत्तर कोरियाको भूउपग्रह प्रक्षेपणलाई लापरवाह र अवैध कदम भनेका थिए।

ग्रीनफिल्डले उत्तर कोरियाको यो कदम छिमेकीहरूका लागि खतरा भएको बताएका छन् ।

वार्ताको प्रस्ताव राख्दै उनले उत्तर कोरियाले कुनै पनि शर्त बिना ‘समय र विषय छान्न’ सक्ने बताएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT