Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतीय संसदमा सुरक्षा उल्लङ्घन : थप दुई पक्राउ

भारतीय संसदमा सुरक्षा उल्लङ्घन : थप दुई पक्राउ


एजेन्सी । दिल्ली प्रहरीको स्पेसल सेलले संसद सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको छ ।

पक्राउ परेका महेश र कैलाश दुवै राजस्थान निवासी हुन् । उनीहरूको ‘जस्टिस फर आजाद भगत सिंह’ नामक सामाजिक सञ्जाल समूहसँग कथित सम्बन्ध रहेको बताइएको छ । स्पेसल सेलको काउन्टर इन्टेलिजेन्स युनिटको सोधपुछमा महेश पनि आक्रमणकारी टोलीमा समावेश हुन लागेको तर केही कारणले उनको परिवारका सदस्यले रोकेको सार्वजनिक भएको छ ।

यसका साथै महेशले पाँचौँ अभियुक्त तथा मास्टरमाइन्ड ललित झालाई दिल्लीबाट राजस्थानको कुचामन पुगेपछि उनका साथीहरूको मोबाइल फोन जलाउन पनि सहयोग गरेका छन् । अर्कातिर हिजो राति दुई प्रहरी अधिकारीसहित वरिष्ठ प्रहरी अधिकारीहरूले ललित झासँग सोधपुछ गर्दा उनले सम्पूर्ण घटना बताएका छन् ।

सूत्रका अनुसार हमलाको तयारी धेरै महिनाअघि भइरहेको खुलासा भएको छ । संसदमा प्रवेशका लागि प्रवेश पास आवश्यक थियो, त्यसैले यो उपलब्ध थिएन । ललितले सजिलै संसदमा प्रवेश गर्न कसले पासको व्यवस्था गर्न सक्छ भनेर सबैलाई सोधेका थिए ।

ललितले राजस्थानको होटलबाट लगातार समाचार च्यानलहरूमार्फत जारी घटनाक्रम र प्रहरीको गतिविधमाथि नजर राखिरहेका थिए । सूत्रका अनुसार लखनऊ, मैसुर, कर्नाटक, राजस्थान, महाराष्ट्र र हरियाणामा अभियुक्तहरूसँग सम्बन्धित स्थानमा जान र थप जानकारी प्राप्त गर्नका लागि दिल्ली प्रहरीको स्पेसल सेलले छ वटा टिम बनाएको छ ।

त्यसबाहेक स्पेसल सेलसँग अभियुक्तहरूलाई सात दिनको हिरासतमा राखेकाले उनीहरूलाई क्रस–भेरिफिकेसन र प्रमाणहरू पहिचान गर्नका लागि अलग अलग स्थानमा लगिने छ । संसदमा जुत्ताको जाँच गरिँदैन भन्ने थाहा पाएर जुत्ताभित्र धुवाँको डिब्बा सजिलै लैजान सकिन्छ भनी लखनऊमा दुई जोडी जुत्ता विशेष अर्डरमा बनाइएको पनि खुलासा भएको छ ।

यसैबीच सूत्रका अनुसार दिल्ली प्रहरीको स्पेसल सेलले शनिबार वा आइतबार अभियुक्तहरूलाई संसद परिसरमा पुनः लगेर बुधबार भएको संसद सुरक्षा उल्लङ्घनको दृश्यलाई फेरि बनाउने छ । अपराध दृश्यको पुनर्निर्माण गर्नका लागि अभियुक्तहरूलाई संसदमा लगिने छ । यसबाट अभियुक्तहरूले रङ्गीन स्प्रे लिएर संसदमा कसरी प्रवेश गरे र उनीहरूले आफ्नो योजनालाई कसरी सफल पारे भन्ने पत्ता लगाउन प्रहरीलाई सहयोग पुग्नेछ । रासस एएनआई




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT