Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियआप्रवासी रहेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

आप्रवासी रहेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते


एजेन्सी । फ्रान्सकाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा बिहीबार राति फ्रान्सको सामुद्रिक च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली अधिकारीले बताएका छन् ।

डुङ्गामा यात्रारत ६६ जनामध्ये एक जनालाई अचेत र गम्भीर घाइते अवस्थामा हेलिकोप्टरबाट क्यालिसस्थित अस्पतालमा लगिएको र अर्का एक जनालाई उद्धार गर्न नसकिएको अधिकारीहरूले बताएका छन् ।

एक आप्रवासी डुङ्गा तटबाट आठ किलोमिटर (पाँच माइल) भन्दा कम दूरीमा कठिनाईमा रहेको जानकारी फ्रान्सेली समुद्री उद्धारकर्मीलाई रातको समयमा जानकारी दिएपछि तत्काल उद्धार प्रयास थालिएको थियो ।

स्थानीय समयअनुसार मध्यरातमा करिब ३० मिनेटको समयमा एउटा उद्धार जहाज त्यस क्षेत्रमा आइपुगेको सामुद्रिक अधिकारीहरूले बताएका छन् ।

चालक दलले आप्रवासी डुङ्गा तैरिन मद्दत गर्ने ट्यूबहरूमध्ये एकमा समस्या आएको बताएपछि मानिसहरू एक्कासी ‘पानीमा’ हाम फालेका थिए भने टालीले घटना भएको केही मिनेटमा नै स्थितिलाई नियन्त्रणमा ल्याएका थिए ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन् ।

हरेक वर्ष दशौं हजार मानिसहरूले फ्रान्सबाट सानो डुङ्गामा अङ्ग्रेजी च्यानलको खतरनाक मार्ग हुँर्दै बेलायत पुग्ने गर्छन् । च्यानलले आप्रबासी मुद्दालाई बेलायत सरकारले राजनीतिक प्राथमिकता बनाएको छ भने यो समस्या लन्डन र पेरिसबीचको विवादको कारण बनेको छ ।

अहिलेसम्मकै सबैभन्दा भयानक भनिएको दुई वर्षअघि भएको डुङ्गा दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरको अन्त्यतिर ६० जना यात्रु बोकेको एउटा आप्रवासी डुङ्गा डुबेको र एक पुरुष र महिलाको डुबेर मृत्यु भएको थियो ।

सोही च्यानलमा यात्रा गरिरहहेका समय यसै वर्षको अगष्टमा सानो डुङ्गा पल्टिँदा छ जना अफगानीको डुबेर मृत्यु भएको थियो । फ्रान्सेली अधिकारीहरूका अनुसार डुङ्गाहरूमा अत्यधिक भार बढ्दै गएको छ र लगभग ५३ यात्रुहरूको औसत स सङ्ख्या दुई वर्ष पहिलेको औसतभन्दा लगभग दोब्बर छ ।

नोभेम्बरको अन्त्यसम्म चलेको बेलायती सरकारी तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म २८ हजारभन्दा बढी मानिसहरूले च्यानल पार गरिसकेका छन् । गत वर्षभरिमा लगभग ४६ हजार मानिसहरूले च्यानल पार गरेका थिए । रासस एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन

एजेन्सी । बंगलादेशमा विद्यार्थी संगठनहरुले सरकारलाई दिएको ४८ घण्टाको अल्टिमेटमपछि माग पुरा नभएको भन्दै पुनः आन्दोलन शुरु गरेका छन् ।

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

भारतले नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ करोड भारू (नेरु ११ अर्ब २० करोड) रुपैयाँ अनुदान

चुनाबी दौडबाट बाइडेन बाहिरिए, ह्यारिसलाई समर्थन गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपतिको उम्मेदवारको रुपमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले आफु निर्वाचनमा पुन उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडे: परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८०० नेपालीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको

Techie IT