Techie IT
२०८१ साउन २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा


एजेन्सी । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् ।

भारतको पूर्वी राज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् ।

अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ ।

एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

रेल मन्त्रालयले रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालबाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो ।

यद्यपि,सबै लिकहरू पूर्ण रूपमा मर्मत गरिएको छ कि छैन भन्नेबारे तत्काल स्पष्ट भएको छैन ।सोमबार रेलहरूले एउटा छेउमा लाइनहरू मात्र प्रयोग गरेको देखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेशमा हिंसा भड्किएपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ । बंगलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर

क्यानडाको टोरन्टोमा सन् १९४१ यताकै ठूलो वर्षा

एजेन्सी । अत्यधिक वर्षापछि आएको बाढीका कारण क्यानडाको टोरन्टो शहर डुबानमा परेसँगै त्यस क्षेत्रका सडक जलमग्न भएका छन् । तीन

भारतमा भएको उपचुनावमा विपक्षी १० सिटमा विजयी, सत्तापक्षलाई दुई सिट…

एजेन्सी। भारतका सात राज्यमा १३ विधानसभा सिटका लागि १० जुलाईमा उपचुनावमा विपक्षी इन्डिया गठबन्धनले १० सिटमा विजय हासिल गरेको छ

गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

भारतको बिहारमा चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना…

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन्

Techie IT