Techie IT
२०८२ असार २३, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअत्यधिक चिसोले मङ्गोलियामा २१ लाख पशु मरे

अत्यधिक चिसोले मङ्गोलियामा २१ लाख पशु मरे


काठमाडौँ । ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी)ले बताएको छ ।

“आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्”, एजेन्सीले भनेको छ । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो । जुड अत्यधिक चिसो अर्थ दिने मङ्गोलियाली शब्द हो । अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो सङ्ख्यामा पशु मर्ने गर्छन् । मुलुकको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ ।

मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकेको छ । विश्वको अन्तिम जीवित फिरन्तेहरूको मुलुकमध्ये एकका रूपमा मङ्गोलियाले हालै कडा चिसो र पशुधनको क्षतिका कारण आफ्नो प्रकोप तयारीलाई उच्च सतर्कतामा राखेको छ ।

भूपरिवेष्ठित मङ्गोलियाको खानीमा निर्भर अर्थतन्त्रमा विविधता ल्याउन पशुपालनलाई प्रवर्द्धन दिनु सबैभन्दा व्यावहारिक तरिका मानिन्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT