हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी
एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा इजरायललाई ८० प्रतिशत अमेरिकीहरुले समर्थन गर्दै अमेरिकी सहयोगका कारण युद्धमा इजरायल विजयी हुने दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले हमाससँगको जारी युद्धमा इजरायलले विश्वव्यापी रुपमा समर्थन गुमाउने खतरा बढ्दै गएको चेतावनी जारी गरेपछि नेतान्याहुको यो भनाइ सार्वजनिक भएको हो । इजरायलली प्रधानमन्त्री नेतान्याहुले एक वक्तवय प्रकाशित गरी युद्ध शुरु भएको दिनदेखि अमेरिकाले युद्ध अन्त्य गर्न र इजरायललाई समर्थन गर्दै आएको जनाएका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता यी दुई राष्ट्रबीच युद्धविराम हुन सक्ने दाबी गर्नुभएको थियो । कतारको मध्यस्थतामा इजरायल र हमासका प्रतिनिधीबीचको वार्ता सकारात्मक रहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडेनले आगामी सोमबार सम्ममा युद्धविराम हने संकेत गरेका थिए ।
यसैबीच ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले हमास बन्धकहरु रिहाइका लागि र इजरायल पनि मानवीय सहायताका लागि लचिलो हुने सम्झौता भएको खुलासा गर्दै आगामी साता युद्धबिराम हुने आशा व्यक्त गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका
एजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका
जम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको
एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना
एजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको
एजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी