Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने

पाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने


काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र गृहमन्त्रीले तलब नलिने घोषणा गरेका छन् ।

देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला तलब सुविधा लिन मनासिब नरहेको राष्ट्रपति जरदारीले उल्लेख गरेका छन् ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का जरदारी हालै पाकिस्तानका १४ औँ राष्ट्रपति बनेका हुन् । आफ्नो कार्यकालमा तलब एक पैसा पनि नलिने घोषणा गरेको राष्ट्रपतिको सचिवालयलाई उद्धृत गरी एक्सप्रेस ट्रिब्यूनले उल्लेख गरेको छ ।

जरदारी पाकिस्तानका सबैभन्दा धनी नेतामध्ये एक हुन् । जरदारीको यो घोषणासँगै पाकिस्तानका नयाँ गृहमन्त्रीले पनि तलब नलिने सार्वजनिक गरेका छन् । नव गठित सरकारका नयाँ गृहमन्त्री मोहसिन नकवीले देशको आर्थिक अवस्थाका कारण आफ्नो तलब छाड्ने निर्णय गरेको उल्लेख गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT