म्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमला
एजेन्सी । म्यानमारको राजधानी नेपितह शहरमा विपक्षी समुहले श्रृंखलावद्ध ड्रोन हमला गरेका छन् । सैनिक सरकारको कडा सुरक्षा घेरामा रहेको राजधानीमा विपक्षीहरूले जुन्टा सरकारमाथि दुर्लभ सामूहिक ड्रोन आक्रमण गरेका हुन् ।
आफूलाई निर्वासित सरकार बताउने ‘राष्ट्रिय एकता सरकार’ (एन.यू.जी) ले विमानस्थल, वायुसेना आधार र सेनाको मुख्यालयमा विस्फोटक पदार्थले सुसज्जित २९ ड्रोन तैनाथ गरेको जनाएको छ ।
जुन्टा सरकारले ड्रोनलाई रोकेको र धावनमार्गमा विस्फोट भएको एउटासहित सात वटालाई खसालेको दाबी गरेको छ । घटनामा कुनै हताहत भएको छैन । एन.यू.जी. ले यसअघि आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारको प्रतिनिधित्व गर्छ ।
सन् २०२१ मा सैनिक कु भएपछि सुकी आफ्नै निवासमा नजरबन्दमा छन् भने अधिकांश नेताहरु निर्वासित छन् । संयुक्त राष्ट्रसंघका अनुसार म्यनमारमा पछिल्लो तीन वर्षको गृहयुद्धले हजारौंको ज्यान लिएको छ भने करिब २६ लाख मानिस विस्थापित भएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित
एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा
एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा