केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु
काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमान्डरको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उनले प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको घोषणा गर्दा दुःख भएको बताए ।
एल्गेयो माराक्वेट काउन्टीको स्थानीय प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर दिउँसो २ः२० बजे तल खसेको थियो र आगलागी भएको थियो । राष्ट्रपतिले ओगोलाले बिहानै नैरोबी छोडेर समस्याग्रस्त क्षेत्रमा डाँकुहरूसँग लड्न र चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएको बताए । केन्या वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन अनुसन्धान टोली गठन गरी पठाएको छ । उनले शुक्रवारदेखि तीन दिने शोक मनाउने घोषणा पनि गरेका छन् ।
उनले पदमा रहँदा मात्रै नभई सक्रिय सैन्य कर्तव्यमा जीवन गुमाएका सेनापतिको जीवन र प्रतिष्ठित सैनिक जीवनको सम्मानमा राष्ट्रले आजबाट १९ अप्रिलबाट ३ दिने शोक व्यक्त गर्ने बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्
एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५
एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले
एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।
एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल
एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित