Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन राजदूतावासको आग्रह


काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहेका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो

एजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव

फिलिपिन्समा ज्वालामुखी विस्फोट

एजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले

दक्षिण कोरियाली राष्ट्रपतिलाई यात्रा प्रतिबन्ध

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक

सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमा

एजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी

सिरियाका राष्ट्रपति असदले देश छाडे

एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल असद देश छाडेर भागेका छन् । विद्रोहीहरुले प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि

सिरियाको हामा शहर पनि विद्रोहीको कब्जामा

एजेन्सी । सिरियाली दोस्रो ठूलो शहर हामा पनि बिद्रोहीले नियन्त्रणमा लिएका छन् । अघिल्लो साता मात्रै एलेप्पो शहर कब्जामा लिएको

Techie IT