Techie IT
२०८२ असार ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतको राजस्थानमा गर्मीले ६ जनाको ज्यान गयो

भारतको राजस्थानमा गर्मीले ६ जनाको ज्यान गयो


काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार जना बिरामी भएका छन् । तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेको बीबीसीले जनाएको छ ।

भारतको दिल्ली, राजस्थान, पञ्जाब, हरियाना, उत्तर प्रदेश लगायतका ठाउँको तापक्रम झण्डै ५० डिग्री सेल्सियससम्म पुगेको थियो । त्यस क्षेत्रमा उच्च गर्मीका कारण मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।

भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम विभागले पहिले नै मानिसलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT