Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियहजयात्रामा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० नाघ्यो

हजयात्रामा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० नाघ्यो


काठमाडौँ । साउदी अरबमा हजयात्राका क्रममा ज्यान गुमाउने तीर्थालुको सङ्ख्या १ हजार ३०० एक जना पुगेको छ । चर्को गर्मी र लामो दूरीको पैदल यात्राका कारण हजयात्रीको ज्यान गएको साउदी अरब सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

साउदी अधिकारीका अनुसार विभिन्न देशबाट हजका लागि साउदी अरब गएकामध्ये धेरै आधिकारिक अनुमति नलिएका अनधिकृत तीर्थयात्रीले ज्यान गुमाएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले झन्डै पाँच लाख जना तीर्थालुको उपचार गरेको जनाएको छ । गर्मीका कारण अझै धेरै बिरामी अस्पतालमा उपचाररत छन् ।

हजलाई सुरक्षित बनाउन नसकेको भन्दै साउदी अरबको आलोचना भएको छ । साउदी अरबको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मृतकमध्ये सबैभन्दा धेरै छ सय ५८ जना इजिप्टका नागरिक भएको बताइएको छ ।

इन्डोनेसियाले आफ्ना दुई सयभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ भने भारतले ९८ जनाको ज्यान गएको जनाएको छ । पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् । हजका लागि यस वर्ष झन्डै १८ लाख जना मानिस मक्का मदिना पुगेको साउदी अरबले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT