गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ चीनमा पहिरोमा परी ११ जनाको मृत्युचीनमा पहिरोमा परी ११ जनाको मृत्यु नेपालीपत्र आईतबार, २०८१ साउन १३ गते, १३:५० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी)ले आइतबार जनाएको छ ।आधिकारिक प्रसारणकर्ता सिसिटिभीले पहिरोमा १८ जना पुरिएको प्रारम्भिक जानकारी उपलब्ध गराएको थियो । आइतबार दिउँसोसम्म ११ जनाको शव र छ जना घाइतेको उद्धार गरेको बताइएको छ ।घटनास्थलमा २४० भन्दा बढी आपतकालीन कर्मचारी परिचालन गरिएको र उद्धार कार्य जारी रहेको सिसिटिभीले समाचारमा उल्लेख गरेको छ । यस महिनाको सुरुमा उत्तर र दक्षिणपश्चिममा आएको आकस्मिक बाढीले कम्तीमा २० जनाको ज्यान लिएको थियो ।मे महिनामा दक्षिणी चीनमा केही दिनको लगातार वर्षाका कारण राजमार्गको पुल खस्दा ४८ जनाको मृत्यु भएको थियो । #चीन #बाढीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायलले गाजामा गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ४१३ पुग्योएजेन्सी । गाजा पट्टीका विभिन्न स्थानमा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४ सय १३ पुगेको छ । जारी इजरायली भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् । पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्युएजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ अमेरिकामा आँधीका कारण २० जनाको मृत्युएजेन्सी । अमेरिकामा आएको आँधीेका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका पुटिनको शर्तले जेलेन्स्कीलाई शंकाएजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । जेलेन्स्कीले शान्ति युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वासधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ५ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुक ६ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ७ अमेरिकामा आँधीका कारण २० जनाको मृत्युThe Film Nepal