Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठUKइटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुँदा बेलायती बिलिनियरको मृत्यु


रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२ जना सवार थिए ।

जसमा अमेरिका, बेलायत र क्यानडाका १० चालक दलका सदस्य र १२ जना यात्रु थिए । डुंगाको भग्नावशेष पहिचान भएको छ । यो समुन्द्रको ५० मिटर गहिराईमा भेटिएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार याटमा राखिएका कुकको मृत्यु भएको छ र अन्य ६ जना हराइरहेका छन् । बेपत्ता हुनेमा बेलायतका प्रसिद्ध सफ्टवेयर व्यवसायी माइक लिन्च र उनकी १८ वर्षीया छोरी हन्ना पनि छन् । व्यापारी लिन्चकी श्रीमती एन्जेला बेकारेसलाई बचाइएको छ । उनी डुबेको याट बायेसियनको मालिक थिइन्।

मोर्गन स्टेनली इन्टरनेशनलका अध्यक्ष जोनाथन ब्लुमर र उनकी श्रीमती पनि याटमा सवार थिए । उनीहरुको पनि खोजी भइरहेको छ । ब्लूमर लिन्चको नजिकका साथी हुन् । धेरै वर्षदेखि आफ्नो मुद्दा लडिरहेका लिन्चका वकिल पनि बेपत्ता छन् ।

इटालियन कोस्ट गार्डका एक अधिकारीले बीबीसीलाई भने कि आँधीले बिहान ५ बजे शक्तिशाली छालहरू निम्त्याएको थियो, जसले याटलाई ठक्कर दियो र डुब्यो । यो याट सिसिलीको राजधानी पालेर्मोबाट १८ किलोमिटर टाढा लंगरमा उभिएको थियो ।

यो याट आँधीबेहरी सहन गर्न डिजाइन गरिएको हो तर यो हाल कुन परिस्थितिमा डुब्यो भन्ने स्पष्ट छैन । अस्पतालमा भर्ना भएका चालक दलका सदस्यहरूसँग कुरा गरेपछि मात्रै केही जानकारी आउनेछ । यद्यपि, केही रिपोर्टहरूले बताउछन् कि हावाको कारण डुङ्गाको मास्टहरू मध्ये एउटा भाँचिएको थियो, जसले गर्दा डुङ्गाले सन्तुलन गुमाएको थियो र पल्टिएको थियो ।

कोस्ट गार्डका अधिकारीले याट नजिकै नेदरल्याण्ड्सबाट अर्को डुङ्गा थियो, जसले १५ जनाको ज्यान बचाउन मद्दत गरेको बताए । जीवितै उद्धार गरिएकामा आमाबुवासँगै अस्पतालमा भर्ना भएकी एक वर्षीया बालिका पनि छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT