Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध ३१ वटा मुद्दा दर्ता

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध ३१ वटा मुद्दा दर्ता


एजेन्सी । बङ्गलादेशमा नयाँ सरकार गठन भएदेखि अहिलेसम्म पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दायर भएको छ ।

हसिनाविरुद्ध हिजो थप नौ वटा मुद्दा दायर भएसँगै अहिलेसम्म ३१ वटा मुद्दा पुगेको हो । दर्ता भएका मुद्दामा २६ हत्या, चार नरसंहार र एउटा अपहरणका मुद्दा रहेका बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

शेख हसिनाको पालामा सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) स्थापना भएको थियो । यो न्यायाधीकरण सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो । बङ्गलादेशको अन्तरिम सरकारले हसिनाविरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको निगरानीमा छानबिन गर्ने बताएको छ ।

अन्तरिम सरकारका कानूनी सल्लाहकार प्राध्यापक आसिफ नजरुलले शेख हसिनालाई कमाण्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा ज्यान गुमाएका घटनामा हसिनाको भूमिकाको छानबिन गरिने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT