गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नाइजेरियामा बाढीबाट १ सय ७० बढीको मृत्युनाइजेरियामा बाढीबाट १ सय ७० बढीको मृत्यु नेपालीपत्र बुधबार, २०८१ भदौ ११ गते, ०९:१५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ ।उत्तरी नाइजेरिया बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको नाइजेरियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । नाइजेरियाको अन्य भागहरू पनि जोखिममा रहेका कारण लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।मुसलधारे वर्षाका कारण दुई ठुला नदीहरु नाइजर र बेनुको पानीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा सयौं घर डुबानमा परेका छन् । बाढीमा परि झण्डै २ हजार घाइते भएको र एकलाख हेक्टरभन्दा बढी खेतबारी नष्ट भएको छ ।नाइजेरियामा मनसुनी वर्षाको समय अक्सर मुसलधारे वर्षा हुने गरेको छ । सन् २०२२ मा आएको बाढीमा ६ सयभन्दा बढीको मृत्यु भएको थियो । #नाइजेरियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतमा भारी वर्षाका कारण ४७ को मृत्युएजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधनएजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक ह्यारिस र ट्रम्पबीच पहिलो ‘प्रेसिडेन्सियल डिबेट’एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ भएको छ जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्धएजेन्सी । युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरेको भन्दै जर्मनी, फ्रान्स र बेलायतले इरानमाथि हवाई यातायातलक्षित गर्ने इजरायली सेनाको आक्रमणमा ४० प्यालेस्टिनीको मृत्युकाठमाडौँ । प्यालेस्टाइन स्थित दक्षिणी गाजाको खान युनिस क्षेत्रमा इजरायली आक्रमणमा परी ४० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । चीनले रूससँग संयुक्त सैन्य अभ्यास गर्नेबेइजिङ । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमाधेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ३ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ४ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ५ आज हरितालिका तीज ६ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ७ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृतThe Film Nepal