Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियचीनले रूससँग संयुक्त सैन्य अभ्यास गर्ने

चीनले रूससँग संयुक्त सैन्य अभ्यास गर्ने


बेइजिङ । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग लिने चीनको रक्षा मन्त्रालयले जनाएको हो ।

अभ्यासको उद्देश्य चिनीयाँ तथा रूसी सेनाबीचको रणनीतिक सहयोगलाई मझबुत बनाई सुरक्षा खतरासँग संयुक्त रूपमा सामना गर्ने उनीहरूको क्षमता बढाउनु रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

दुवै पक्षले संयुक्त समुद्री गस्तीका लागि ‘प्रशान्त महासागरको समुद्री क्षेत्र’ मा नौसेना पठाउने छन् भने चीनले रूसको ओसन–२०२४ रणनीतिक अभ्यासमा पनि भाग लिने छ ।

यस अघि जुलाईमा, दुई देशले चीनको गुआङ्गडोङ प्रान्तस्थित झानजियाङ सहर वरपरको पानी र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए । सन् २०२२ मा मस्कोले युक्रेनमा आक्रमण गर्नुअघि उनीहरूले सीमा विहिन साझेदारीको घोषणा गरेका थिए ।

गत महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ प्रधानमन्त्री ली किआङसँगको भेटमा रूसको चीनसँगको आर्थिक र व्यापारिक सम्बन्ध फलदायी भएको बताएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

Techie IT