Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै

अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै


अमेरिका । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि मंगलबार भएको मतदानको मतगणना भइरहेको छ ।

हाल सम्म गणना सकिएको स्थान मध्ये रिपब्लिकन डोनाल्ड ट्रम्पले १९८ इलेक्टोरोल मत पाएका छन् । त्यस्तै डेमोक्रेट कमला ह्यारिसले ९९ इलेक्टोरोल मत पाएकी छन् । आगामी राष्ट्रपति निर्वाचन पेन्सिलभेनिया, मिसिगन, विस्कन्सिन, जर्जिया, नर्थ क्यारोलाइना, एरिजोना र नेभाडा निर्णायक हुने मानिएको छ ।

हाल सम्म पनि यी राज्यको ९३ इलेक्टोरल मत कुन उम्मेदवारलाई जान्छ भन्ने यकिन छैन । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मत मध्ये कम्तीमा २ सय ७० ल्याउन आवश्यक हुन्छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ ।

दुई उम्मेदवार मध्ये ह्यारिसले सबै भन्दा बढी इलेक्टोरल मत रहेको क्यालिफोर्निया ५४, न्युयोर्कमा २८ र इलिनोई १९ सहित २ सय २६ इलेक्टोरल मत ल्याउने लगभग निश्चित छ । यो अवस्थामा राष्ट्रपतिमा निर्वाचित हुन ह्यारिसलाई ‘स्विङ स्टेट्स’ को ९३ मध्ये कम्तीमा ४४ इलेक्टोरल मत आवश्यक पर्छ ।

ट्रम्पले टेक्सासको ४०, फ्लोरिडाको ३०, ओहायोको १७ सहित कम्तीमा २ सय १९ इलेक्टोरल मत पाउने निश्चित भइसकेको छ । राष्ट्रपतिमा निर्वाचित हुन उनले अब ९३ मध्ये कम्तीमा ५१ इलेक्टोरल मत ल्याउनै पर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

Techie IT