गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएहिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिए नेपालीपत्र सोमबार, २०८१ मंसीर ३ गते, १०:१५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । इजरायली रक्षा बल आईडीएफको आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह)का प्रवक्ता मोहम्मद अफिफ मारिएका छन । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको मृत्यु भएको हो । अफिफ हिजबुल्लाहका उच्च सञ्चारसम्बन्ध अधिकारी र बेरुतका धेरै पत्रकारहरूका लागि सङ्गठनको सम्पर्क व्यक्ति थिए ।उनी गएको सेप्टेम्बर २७ मा मारिएका हेजबुल्लाहका पूर्वमहासचिव हसन नसरल्लाहको सञ्चार सल्लाहकारसमेत रहेका अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यस अघि हमासका नेता लक्षित आक्रमण गरिरहेको आईडीएफले केही समयदेखि हिजबुल्लाहका शीर्ष तहका नेताहरू लक्षित आक्रमणलाई बढाएको छ ।प्यालेस्टाइनी समूह हमासले इजरायलमा आक्रमण गरेयता नै इजरायलले हिजबुल्लाहविरुद्ध पनि आक्रमण गरिरहेको छ । इजरायली सेनाको आक्रमणमा लेबनानमा कम्तीमा ३ हजार जनाको ज्यान गइसकेको छ । १४ हजारभन्दा बढी घाइते भइसकेका छन् भने १३ लाख मानिस विस्थापित भएका छन् । #इजरायली रक्षा बल #हिजबुल्लाहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल आजबाट ४ चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ५ ललितपुर महानगरको बजेट साढे ६ अर्ब ६ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ७ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्डThe Film Nepal