Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु


एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुई जना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण रहेका छन् । दुर्घटनामा परेका १ सय भन्दा बढीको उद्धार गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार गेटवे अफ इण्डिया बाट एलिफेन्टा टापु सम्म जाँदै गरेको डुङ्गा दुर्घटनामा परेको हो । गेटवे अफ इन्डिया बाट आठ किलोमिटर टाढा रहेको जवाहर द्वीप भन्ने बुचर टापुमा डुङ्गा पल्टिएको बताइएको छ ।

नौसेनाले गरेको प्रारम्भिक अनुसन्धानले नौसेनाको जहाजको इन्जिन खराब भएको देखाएको छ । महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस र भारतीय नौसेनाले दुर्घटनाको दुई छुट्टा छुट्टै छानबिन गर्न आदेश दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दुर्घटना प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोष बाट दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गरिने समाचारमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT