गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीथाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री नेपालीपत्र शुक्रबार, २०८२ असार २० गते, ०८:२१ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई नैतिकता अनुसन्धान बाँकी रहेको भन्दै निलम्बन गरेपछि प्रधानमन्त्री कार्यालयमा उथलपुथल भएको थियो ।अदालतको फैसलाले देशको शीर्ष कार्यालयलाई अस्तव्यस्ततामा धकेलेपछि राजाले बिहीबार पूर्व रक्षामन्त्री फुमथाम वेचायाचाईलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । थाइ सरकारले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा नयाँ मन्त्रिपरिषद्ले आफ्नो पहिलो बैठकमा कार्यवाहक प्रधानमन्त्रीका रूपमा फुमथामको भूमिकालाई अनुमोदन गरेको जनाइएको छ ।यसअघि सिनावात्रालाई निलम्बिन गरिएपछि शक्ति यातायात मन्त्री र उप–प्रधानमन्त्री सुरिया जुङरुङराङकिटलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । सुरियाले एक दिन मात्र काम गर्न पाएका हुन् । #थाइल्यान्ड #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरैधेरै पढिएका खबर १ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन २ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ३ फुङ्लिङमा शनिवार बिहानै एक घरमा आगलागी ४ सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो ५ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ६ लम्पी स्किनबारे सरकार उदासिन देखियोः पदम गिरी ७ समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्नेThe Film Nepal